विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शंकरपुरमा यसै वर्षपा विधालय स्थापना गरि प्राइवेट स्कुल जस्तो अध्यापन गराउने : न.प्र. यादव

सिम्रौन्गढ़ नपा psa

कलैया, बरा।

जसपा नेपालमा बाराको पचारौता बाट ५ सय भन्दा बढी पार्टी प्रवेश गरेका छन्। नेपालि कांग्रेस, नेकपा एमाले, माओवादी लगायत अरु दल बाट जसपा नेपालमा प्रवेश गरेका छन। जसपा नेपालका पचरौता नगर अध्यक्ष तथा नगर प्रमुख रमेश कुमार यादवको अध्यक्षता तथा बाराको निर्वाचन क्षेत्र न.२ का संघिय सांसद रामसहाय यादवको प्रमुख आतिथ्यता एवं पुर्व संबिधान सभा सदस्य रमेश यादव, आत्माराम साह, प्रमोद गुप्ता, शारदा शंकर साह, संघीय सांसद रामबाबु कुमार यादव, अर्थ राज्य मंत्री उषा कुमारी यादव, प्रदेश सांसद पारस साह लगायतको विशिष्ट आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पचरौता नगर भरिका सवै वाडा बाट करिव ५ सय भन्दा बढी जनाले अरु दल लाइ परित्याग गरि जसपामा प्रवेश गरेका छन। पार्टी प्रवेश गर्ने सबै लाई फूलमाला, अवीर टिका तथा मधेशको शान गम्छा ओढाएर सम्मान गर्दै पार्टीमा समावेश गराइएको थियो। प्रमुख अतिथि यादव पश्चात कार्यक्रम सभापति यादवले पार्टी नव प्रवेशिहरु लाइ स्वागत गर्दै आउने दिनामा कालाबंजर भनिने शंकरपुरमा विधालय निर्माण गरि प्राइवेट स्कुल जस्तो अध्यापन गराउने प्रतिबद्धता समेत गरेका थिए। यादवले आफ्नो धारणा राख्ने क्रममा विगत चार वर्षको कार्यकालमा गरेका विकासको वर्णन गर्दै शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पशु, लगायतमा सुधार गरेको कुरालाई उजागर गरेका थिए। शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पशु, लगायतमा चाहिने आवस्यक आधारभूत आवस्यकता लाइ परिपूर्ति गरि हरेक नगर वासीको सेवासुविधामा टेवा पुर्याएको बताए।

पार्टी प्रवेश कार्यक्रममा जिल्लाका शिर्ष नेता कार्यकर्ताहरुको उलेखनीय बाक्लो सहभागिता रहेको थियो। पार्टीका अजय पटेल, वडा अध्यक्ष मकबुल मिया, कन्हैया लाल यादव लगायतका रहेका थिए भने कार्यक्रम संचालन प्रदेश सदस्य अवधभुसन यादवले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed