विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगन्ज मेघा (BMC) कलेजकाे प्रथम बार्षिक दिवसकाे अवसरमा स्वागत तथा सम्मान

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

बीरगंज मेघा कलेज (बीएमसी)को प्रथम बार्षिक दिवसको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। बीरगंज स्थित नगर सभागृहमा भएको स्वागत तथा सम्मान कार्यक्रममा कलेजमा उत्कृट गर्ने छात्र छात्राहरुलाई सम्मान गरिएको छ। स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले छात्र छात्राहरु मन लगाएर मिहिनेतका साथ पढाई गरेमा सफलता आवश्य प्राप्त गर्ने बताउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

कार्यक्रमका विशिष्ट अतिथी ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेश प्रसाद चौरसियाले र रूदल ठाकुरले विधार्थीहरु लाई छठ तथा दिपावलीको शुभ कामना दिदै उज्जवल भविष्यको कामना गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा कलेजका छात्र छात्राहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रममा सहभागीहरुको मनोरंजन गरेका थिए। बीरगंज मेघा कलेजका अध्यक्ष शम्भु प्रसाद गुप्ताको सभापतित्वमा भएको उत्त कार्यक्रममा बीरगंज मेघा कलेजका क्याम्पस प्रमुख दिपेन्द्र प्रसाद कानु, मुस्तफा अंसारी, विश्वास प्रताप शाह, गुड्डु साह, प्रकाश यादव, संझना काफ्ले सुनिल यादव, धन बहादुर थापा, चन्द्रिका पटेल, मेनुका ठाकुर, पल्लभी हरलालका, रामरेखा पटेल, माधव घिमिरे, राम पाण्डे लगायत कलेजका कर्मचारी तथा विभिन्न महानुभावहरुको उपस्थिति रहेका थियो।

सो अवसरमा कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष शम्भु प्रसाद गुप्ताले सम्पूणर् छात्र छात्राहरुलाई स्वागत गर्दै उज्जवल भविष्यको कामना गर्नु भएको थियो । सोही अवसरमा उहाँले सबै लाई शुभदिपावली तथा छठ पर्वको शुभ ब्यक्त गर्दै सुस्वास्थ्य, दिर्घायु एवं उत्तराेत्तर प्रगतिको कामना गर्नु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed