CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पार्टीको अधिवेशन विध्यार्थीको भविष्य भन्दा ठुलो, विधाल्याय बन्दगरी अधिवेशन

फेटा GP PSA
516
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

पार्टीको अधिवेशन विध्यार्थीको भविष्य भन्दा ठुलो रहेको मान्यता बोकेका नेपालि कांग्रेसले विधाल्याय बन्दगरी कलैया उपमहानगरपालिका वडा न. ३मा वडा अधिवेशन गरेको सर्वसधार्नामा चर्चाको विषय बनेको छ। नेपाली काङ्ग्रेसका वडा अधिवेशनमा कलैया उपमहानगरपालिका भवानिपुर स्थित जनता माध्यमिक बिधालयमा शिक्षाप्रेमी, सुरक्षाकर्मी , संचारकर्मी, बुद्धिजीवी लगायतको उपस्थितिमा बिधार्थिको पठनपाठन बन्द गराइएकोमा अब सर्वसधारनाले सबैको भूमिका माथि प्रश्न चिन्ह खडा गर्न लागेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया उपमहानगरपालिका वडा:-३ भवानिपुर स्थित जनता माध्यमिक बिधालय भवानिपुरमा चरम लापरबाही भएको र स्कुल राजनीति क्षेत्र बाट टाढा हुनु पर्ने ठाउमा अब पठनपाठन नै बन्द गरि राजनीति कार्यथलो बनाएकोमा स्कुलका संरक्षक नै स्कुल लाइ गतिशीलता बिगार्न लागेको आम अभिभावकहरुको गुनासो रहेकोछ। आम अभिभावकको गुनासो सुनी जनता स्कुलका प्र. अ . लालबाबु साह कलवार संग बुझ्दा अधिबेशन भएकोले दुई कक्षा सम्म छुटी दिई सेड उपलब्ध गराएको र दुई बजे बाट छुटी गरिएको स्विकारेका हुन्।

पहिलो घन्टी बाट नै छुटी गरिएकोमा कक्षा :-५ मा पढने बिद्यार्थी सनिफ मंसुरका अभिभावक जागिर मंसुरले राजनीति कार्य अधिवेशन लाई सघाउदै विध्यार्हिको भविष्य भन्दा ठुलो पार्टी रहेको मान्यता बोकेका नेपालि कांग्रेसको प्रविर्ती कुनै नया नरहेको बताए। विधालय चले पनि अधिवेशनका कारण नचलेको बराबर भएको विधार्थिहरुको अभिभावकहरुको गुनासो रहेको छ।

विधार्थीहरुको भविष्य लाइ वेवास्ता गरि बारा जिल्लामा अधिकांस नेपालि कांग्रेसको वडा अधिवेशन विधालय बन्द नै गराएर गरिकोमा अब जनता सचेत भएर सहि र गलत कुरा लाइ ठेगान लगाउने कुराको बारेमा चिया चर्चाको विषय बनेको छ। बाराको पचरौता, महागढ़िमाइ नगरपालिकाको बबुआइन्, आदर्शकोतावाल, सिम्रौनगढ़ लगायतका ठाउहरुमा विधालय बन्द गराएको तस्विरहरुमा हेरिएकोमा सर्वसधारणले गुनासो गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश