विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जातिय भेदभाव तथा छुवाछूत संबिधानमा चर्चाका लागि मात्र : पास्वान

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।। जातिय भेदभाव तथा छुवाछूत सम्बन्धि अन्तरक्रिया कार्यक्रम बाराको कलैया दास गेस्ट हाउसमा गरिएको छ। दलितमाथि सदियौ देखि भएको विभेद बारेमा एकदिने अन्तरक्रिया कार्यक्रम दलित अधिकार मञ्च का अध्यक्ष भोला पास्वानको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ।

कार्यक्रममा दलितमाथि भैरहेका शोषण वा भेदभाव केन्द्र सरकारले नै गरेको पुर्व भौतिक योजना राज्य मन्त्री कलावती पास्वानले आफ्नो मन्तव्य राख्ने क्रममा आरोप लागाइन। उदाहरण स्वरुप विभिन्न ठाउँमा हुँदै गरेको यज्ञहरुमा हाम्रो सहभागीता नगराई यज्ञ हरु भइ रहेकोे छ। तर हाम्रा दलित समाज उपेक्षित भइ रहदा संबंधित निकाय हरु नै विभेद गरि मौन बसिरहेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा अदालत , जुन ठाउँमा जादा समन्वय गाउने बहानामा उपेक्षित गरि विभेद गरिरहेका छन। संविधानमा हाम्रो अधिकार नामका लागि मात्र रहेको छ, कामको लागि हैन किनकी यदि साच्चिकै हाम्रो अधिकार दिएको भए, उपेक्षित नगरेको भए ३५ हजार दलितका घर भत्काएर घर बिहिन बनाउने थिएन । आजको अवस्थामा घाम होस वा पानी खुल्ला आकाश मुनि बस्न बाध्य भएका छ।

आरक्षणको कुरा गर्दा नामको लागि आरक्षण पनि दिएको छ। हाम्रो दलितको नाममा सरकारले खेल्वाड मात्र गरेको पास्वानले आरोप लगाइन। प्रमुख अतिथि जिल्ला प्रशासन प्रमुख राजेश पौडेल ले भने म आएको बेला देखि दलित संबंधित कुनै मुद्दा  आएको छैन, आयो भन्ने म कानुन अनुसार कार्यवाही अगाडी बढाउने बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed