विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

OCMC तथा सरोकार वालाहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, घोराही, दाङ।

युनिसेफ नेपाल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा दाङको घोराहीमा एक द्वार संकट व्यवस्थापन केन्द्र ( OCMC) तथा सरोकार वालाहरूको क्षमता अभिवृद्धि सम्बन्धि दुई दिवसीय कार्यक्रम समापन भएको छ। एक द्वार संकट व्यवस्थापन केन्द्रको प्रभावकारी सेवा प्रवाहका लागि सरोकार वालाहरूको क्षमता अभिवृद्धि गरि उनीहरूलाई थप जिम्मेवार बनाउन तथा हिंसा प्रभावित महिला तथा बाल बालिका हरूलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गरिने उद्देश्यका साथ तालिम आयोजना गरिएको थियो l राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका निर्देशक डा. प्रज्ञा वस्नेतको अध्यक्षता तथा घोराही उपमहानगर पालिकाका उप प्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख अतिथ्यमा उक्त तालिमको उद्घाटन गरिएको थियोl

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले OCMC हरूमा बालमैत्रि तथा किशोर किशोरी मैत्री सेवा प्रवाह होस् भन्ने हेतुले सम्पूर्ण सरोकार वाला हरूको क्षमता अभिवृद्धि कार्यक्रम प्रदेश मन्त्रालय संग छलफल गरि प्रतिष्ठान संगको सहयोगमा संचालन गरिएको बताउनुभयो l कार्यक्रमका अध्यक्ष एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका निर्देशक डा. प्रज्ञा वस्नेतले OCMC का सरोकार वालाहरूको क्षमता अभिवृद्धि कार्यक्रम अति आवश्यक रहेको बताउदै यस तिलिम पश्चात OCMC ले सरोकार वालाहरूको थप सक्रियता तथा सहयोग हुने विश्वास व्यक्त गर्नुभयोl

कार्यक्रमको प्रमुख अतिथि एवं उप-महानगरपालिका उप प्रमुखका अनुसार यस तालिमले OCMC का सरोकार वालाहरूको भूमिका लाई अझै प्रभावकारी बनाउदै सम्पूर्ण लैंगिक हिंसा पिडीत महिला तथा बाल बालिका हरू लाई आवस्यक उपचार एवं सेवा प्राप्त गर्न सहयोग पुग्ने कुरा बताउनु भयो। कार्यक्रममा सहजकर्ता सूर्य पौडेल, प्रकाश कैनी र प्रकाश घिमिरे, अम्मर बस्नेतले सहजीकरण गर्नुभयोl कार्यक्रमको औपचारिक सत्रको संचालन राधा पौडेलले गर्नु भयोl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed