विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विराट राजवंशीद्धारा पुल्टी प्रर्दशन

सिम्रौन्गढ़ नपा psa

विराटनगर । विराट राजवंशी समुदायले आफ्नै भाषा, कलासंस्कृतिलाई समेटर वनाईको पुल्टी फिल्म प्रदर्शन गरेको छ । 

Karaiya Mai Notice Winter

विराट राजवंशी समुदाय अन्तर्गत रहेको राजवंशी चलचित्र समाज समितिका यूवा कला कलाकारहरुले राजवंशी भाषामा प्रवलदिव विश्वासले निर्देशन गरेको पुल्टी फिल्म प्रदेश नं. १ का समाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आथिथ्य र विराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीको विशेष आतिथ्यमा फिल्म प्रदर्शन गरेको हो ।
खास गरी समाजमा छोरीलाई शिक्षा नदिई सानै उमेरमा विवाह गराउनाले छोरीको मृत्यु सम्म भएको दृष्य देखाएर दर्शकलाई रुवाउन वाध्य पारेका थिए । चलचित्र हरेर भावुक हुदैं मन्त्रीले भने यस्तो फिल्म समाजको लागि एउटा कोषेढुगा हुने वताउदै यसका लागि के सहयोग गर्नु पर्ने गर्न तयार रहेको वताए ।
त्यसै गरी मेयर पराजुलीले छोरीलाई शिक्षा दिने कुरामा र वालविवाह अन्तगर्न महानगर पालिका सजग रहेको वताएदै पहिलो सन्तान छोरी हुनेलाई महानगर पालिकाले ३ हजार दिई प्रोत्साहन गरेको वताउंदै महानगर पालिका भित्र वोलिने सवै भाषाको संरक्षण गर्ने भन्दै राजवंशी समुदायको लागि संग्राहलय वनाउन १ करोड रुपिया छुट्याएको जानकारी गराएका थिए ।
त्यस गरी विराट राजवंशी उत्थान समितिका केन्द्रिय अध्यक्ष भुनेश्वर मण्डलले छोरीलाई शिक्षा दिनु पर्छ विषयलाई प्रमुखता दिई वनाईएको फिल्म राम्रो भएको यसमा दहेज प्रथालाई समेत उजार गरेको भए सुनमा सुगन्ध हुने वताएका थिए ।
सोही क्रममा हमर थाना नामक डकुमेन्ट्री र विष्णु राजवंशीको गीत समेत प्रदर्शन गरेका थिए । फिल्म प्रदर्शन राजवंशी चलचित्र समाद समितिके संयोजक विष्णु राजवंशीको अध्यक्षतामा भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed