विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कुणैलीमा बृक्षा रोपन तथा वातावरण संरक्षण अन्तरक्रिया कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

विराटनगर।

इण्डो नेपाल मैत्री अन्तराष्ट्रिय वातावरण संरक्षण अभियान अन्तर्गत भारत विहारको सुपौल जिल्लाको निर्मली प्रखण्ड अन्तर्ग कुणौली सिमा नजिकै रहकेो जागेश्वर उच्च विद्यालय कुणैलीमा बृक्षा रोपन तथा वातावरण संरक्षण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्वोधन गर्दै वतावरण अभियन्ता सुरश शर्माले एक व्यक्ति सातवटा विरुवा लगाए मात्र वातावरण सन्तुलित हुने बताएको छ । वहांका अनुसार एक व्यत्तिलाई प्रत्येक दिन १६ किलो अक्सीजन चाहिन्छ तर एउटा वयस्क रुखले अढाई किलो मात्र एक दिनमा अक्सिजन दिन सक्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यसलाई हिसाव गर्दा एक व्यक्तिलाई सातवटा बयस्क रुखको आवश्यकता पर्दछ । अहिले जुन हिसावले वातावरण दुषित भईरहेको छ । यस्तो अवस्थामा हरेक व्यक्तिको दायित्व वन्छ कि सातवटा विरुवा लगाउनुको साथै अगलवलको विरुवालाई समेत संरक्षण गर्न जरुरी रहेको वताए । नवोदय फ्रेन्डस अफ इनवायरमेट सुपौल र आसियान इन्टर नेशनल जर्नलिस्ट काउन्सी जनकपुर वन प्राविधिक समाजद्धारा नेपाल भारत सीमावती क्षेत्रमा वन विभाग सुपौल र वन डिभिजन कार्यालय सम्पतरीको सहयोगले जागेश्वर उच्च विद्यालय कुणैली, राजविराज भंसार कार्यालय सप्तरी, जनता रा.प्रा विद्यालय बेल्हि मलाहनिया सप्तरीमा वृक्षा रोपन गरिएको थियो ।

सो कार्यक्रममा पत्रकार साहित्यकार सुजीत झा, राजविराज भन्सार प्रमुख दिपेन्द्र कुमार झा, निर्मली प्रखण्ड प्रमुख वसीद अहमद, लोकतन्त्रि समाजवादी पार्टीको बरिष्ठ नेता विनोद कुमार सिंह समेतले आ–आफ्नो विचार राखेका थिए । त्यसैगरी वृक्षा रोपन कार्यक्रमका अथितिहरुमा उच्च विद्यालयको प्रधानाचार्य विनोद कुमार बिमल, सिरहा नदी सफाई अभियन्ता धीरेन्द्र कुमार साह, तिलाठीको माओवादी नेता मुकेश यादव, राजनीतिक विश्लेषक बलराम प्रसाद यादवको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भारत नेपाल सामाजिक संस्कृति मंच के अध्यक्ष राजेश कुमार शर्माले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed