विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टाइफाइड रोग बिरुद्ध खोपको अभियान सुरुहुने

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

टाइफाइड रोग विरूद्धको खोप चैत्र २५ गते देखि बारामा सञ्चालन हुने भएको छ । टाइफाइड रोग विरूद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरूवात जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरूको अभिमुखिकरण कार्यक्रमा जनकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय बाराको सभाकक्षमा गरिएको अन्तक्रिया कार्यक्रमका अध्यक्ष नियमित प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले रोग लाग्नु भन्दा पहिले लागनैनदिने उपाय गर्नु वेस हुन्छ बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जिल्लाका सबै जनताहरूमा स्थानिय भाषामा बुझने गरि सुचना प्रवाह गर्नु सबैको दायित्व रहेको नियमित प्रमुख जिल्ला अधिकारी सेढाईले आग्रह समेत गरे । खोप ईन्चार्ज संतोष ढुगेलले १५ महिना देखि १५ वर्ष मुनिका बालबालीकालाई खोप लगाउने अभियान सुरू गरिएको जनकारी गराए ।

Karaiya Mai Notice Winter

नेपालमा विगत पाच वर्षको तथ्यांक अनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जनामा टाइफाइड संक्रमित हुने गरेको ढुगेलले जनकारी गराए । पानी र खानेकुरा बाट हुने संक्रमक रोगहरू मध्ये टाइफाइड तेश्रो स्थानमा रहेको ढुगेलले जानकारी गराए । टाइफाइड सबै उमेर समुहमा हुने गरेता पनि १५ वर्ष मुनिका बालबालीकामा करिब ११ गुणा बढी संक्रमण रहेको खोप ईन्चार्ज ढुगेलले जानकारी गराए । अभियानमा १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरूलाइ बारामा दुई लाख ४१ हजार छव सय ९६ जनामा टाइफाइड रोगको खोप लगाउन रहेको ढुङगेलले बताए । बाराको १६ पालिकामा चैत्र २५ गते देखि तीन चरणमा खोप लगाउने कार्यक्रम रहेको छ ।

पहिलो चरणमा चैत्र २५ गते देखि ३० गते सम्म कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, प्रसौनी गाउपालीका, विश्रामपुर गाउपालिका, फेटा, परवानीपुरमा खोप लगाइने छ। दोश्रो चरणमा बैशाख ४ गते देखि ९ गते सम्म निजगढ नपा, महागढीमाई नपा, बारागढी गापा, करैयामाई गापा तेश्रो चरणमा बैशाख ११ गते देखि १६ गते सम्म सिम्रौनगढ नपा, पचरौता नपा, सुर्वण गापा, आदर्शकोतवाल गापा, देवताल गापामा खोप सञ्चालन गरिने छ । अन्तक्रिर्या कार्यक्रममा बारा प्रहरी प्रमुख दिलिप सिह देउवा, जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव लगायत समन्वय समिति र संचारकर्मीहरूको सहभागिता रहेको थियो ।

खोप नलाग्ने समुह 

पहिला यो खोप वा अन्य खोप वा कुनै वस्तुबाट गम्भिर प्रकृतिको एलर्जिक प्रतिकृया भएको
एड्स भएको अवस्था
हाल उच्च ज्वरो, सिकिस्त विरामी भएकोे अवस्था
गर्भवति महिला
स्तनपान गराई रहेका महिला

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed