विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोबाइल प्रयोगले गर्दा विद्यार्थीहरूको जीवनमा खराब असर : शिक्षा प्रमुख यादव

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

हेरिटेज+२ द्वारा बिदाई कार्यक्रम आज चैत्र २६ गते शनिबारका दिन हेरिटेज +२ पब्लिक द्वारा आफनै स्कूल/कलेज को भवनमा अध्यनरत कक्षा १० का विद्यार्थीहरुका लागि विदाई कार्यक्रम राखिएको थियो। यस कार्यक्रम को सभापति स्कूलका प्रधानध्यापक श्री मंगेश्वर प्रसाद यादवको सभापतित्व तथा परवानीपुर गाउँपालिकाका शिक्षा अधिकृत श्री विदयानन्द यादवको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम गरिएको हो। स्रोत व्यक्ति श्री रवीन्द्र मिश्र, जनता मा. वि. का प्रधानाध्यापक श्री रामबली महतो, सुरेश गुप्ता , उमेश गुप्ता, बिनोद गुप्ता, रामाधार साह, बीम सर, अभिभावक महम्मद मुस्लिम लगायत शिक्षक र शिक्षिकाहरुको उपस्थितिमा कार्यक्रम प्रारम्भ गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अतिथिहरु लाई खादा, टिका लगाई देशको राष्ट्रिय गान लाई सम्झिदै द्वीप प्रज्वलन गरी कार्यक्रम लाई सुरु गरिएको थियो। कक्षा ९ को विद्यार्थीहरू द्वारा आयोजित एक अर्काको बीच प्रेम, भाव, स्नेह बनिरहोस् भन्ने सोचका साथ कक्षा ९ का बिधार्थीहरुले संस्कृतिक कार्यक्रमको साथ साथै दोसाला र मायाको चिन्हो प्रदान गरी भव्य र सभ्य रूपले सम्मानका साथ कक्षा १० का बिधार्थीहरु लाई विदाई गरिएको छ। कार्यक्रममा स्कुलकै विधार्थी द्वारा स्वागत मन्तव्य राखी विधार्थीहरुको भविष्य उज्ज्वल, प्रज्वल होस् भने कामना पनि गरिएको थियो।

Karaiya Mai Notice Winter

महानगर र उपमहानगरको बीचमा रहेको एउटा सानो गाउँपालिका परवानीपुरमा विगत कयौ वर्ष देखि संचालन हुँदै आएको हेरिटेज पब्लीक स्कूलले शिक्षा क्षेत्रमा छुट्टै नाम कमाउन सफल रहेको स्कूलको अंग्रेजी शिक्षक बिनोद श्रीवास्तवले आफ्नो धारणा राखेका थिए। सफल हुनुको साथसाथै यहाँकै स्थानिय विद्यार्थीहरुले एउटा +२ तहमा राम्रो शैक्षिक योग्यता प्राप्त गर्न छुटै अवसर पाएका छन भने कुरा स्कूलको अंग्रेजी शिक्षकले राखेका थिए।

मोबाइलको प्रयोगले गर्दा विद्यार्थीहरूक जीवनमा खराब असर परिरहेको र यसले गर्दा भोलिको दिनमा विद्यार्थीहरू राम्रो कामको अवसर बाट वञ्चित हुन्छन् भने कुरा प्रमुख अतिथि यादवले  बताए। आगामी दिनमा विद्यार्थी हरुले पढाइ मा बढी ध्यान दिई,मोबाइल लाई कम भन्दा कम समयको लागि प्रयोग गर्नु पर्छ भने अधिकृत विदयानन्द यादव द्वारा सुझाव राख्नुभयो।

कार्यक्रमको सभापति मंगेश्वर यादवले उपस्थिति सम्पूर्ण अतिथिहरुलाई धन्यवाद व्यक्त गर्दै पढाइ क्षेत्रमा योगदान गर्दै आएको सम्पूर्ण विद्यार्थीहरू लाई चाहिने हरेक आधारभूत कुराहरू यस स्कूलले पूरा गर्दै आइरहेको र गर्नेछ भने प्रतिबद्धताका साथ साथै कक्षा १०का सम्पूर्ण विद्यार्थीहरुको जीवन उज्वल, प्रज्वल होस् भन्ने कामना गरेका थिए। कार्यक्रम संचालक शिक्षक बिंदेश्री मण्डलले गरेको बारे जानकरी स्कूल को प्रशासकिय अधिकृत मुकेश श्रीवास्तवले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed