विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगंज लिंकरोडका स्थानीय बासिन्दाको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज १९ कार्तिक

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ लिंकरोडका स्थानीय व्यावसायीहरु सरसफाईका लागि जागरुक भएका छन् । महानगरमा जताततै फोहोर थुप्रिनुमा स्थानीय घरधनी र व्यापार व्यावसायमा लाग्नेहरु नै मुख्य जिम्मेवार देखिएकोले लिंकरोड क्षेत्रलाई सफा राख्न महानगरपालिकाका सरसफाईकर्मीहरुलाई लिंकरोडका स्थानीय व्यावसायीहरुले सहयोग गरेका छन् । वीरगन्जको घण्टाघरदेखि बसपार्कसम्म सडकको दुवैतर्फ घर तथा सटर पसल हुनेहरुले दिनहुँ सरसफाई गर्न शुरु गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आज बिहानै महानगरपालिकाको सरसफाई कर्मचारीहरुको सहयोगमा सडकको छेउछाउमा फालिएका इट्टा, ढुंगा, बालुवा लगायत अन्य कवाडी सामानहरु हटाएर पानीले सफा गरेका छन् । महानगरपालिकाको हरेक टोलमा टोल विकास संस्था गठन गरेर सरसफाई व्यावस्थापन शुरु गरिएको र त्यही अवधारणामा वीरगन्जको घण्टाघरदेखि बसपार्कसम्म रहेका घरधनी तथा सटर पसलका व्यापारी र होटल व्यावसायीहरुले सरसफाई गर्न शुरु गरेको होटल संघ पर्साका महासचिव तवरेज आलमले जानकारी दिनुभयो ।

Karaiya Mai Notice Winter

वीरगन्जको बसपार्कचोकदेखि घण्टाघरचोकसम्म सफा राख्न सबै घरधनी, सटर पसलका व्यापारी र होटल व्यावसायीहरुले चासो देखाएको उहाँले बताउनुभयो । लिंकरोड क्षेत्रलाई सफा गरेर आदर्शनगरको ग्रिनसिटी जस्तै बनाईने अभियान शुरु गरिएको आलमको भनाई छ । लिंकरोडमा बस्ने र पसल रहेका व्यापारीहरुलाई बीच सडकको डिभाईडरमा जथाभावी फोहोर नफाल्न र घर पसलबाट निस्किएका फोहोरहरु व्यवस्थित गर्न सहयोग गर्न महानगरपालिकाका सरसफाई कर्मचारीहरुले पनि आग्रह गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed