विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दुइ देशको नागरिक भएको खुलासा, रौतहट बाट ५१ सालमा नकली नेपाली नागरिक बनेको 

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा । 

रौतहट जिल्ला बाट भारतीय नागरिकले नेपालि नागरिक बनेको खुलासा भएको छ। कुनै देशको नागरिक बन्नलाई एउटा देशको नागरिक पहिचान पत्र परित्याग गर्नु पर्छ अनि मात्र अरु देशको नागरिक बन्न मिल्छ तर हाल रौतहट जिल्लाको इशानाथ नगरपालिकाको वाडा न ९ डुमरिया बाट नेपालि नागरिकता प्राप्त गरि नेपालि नागरिक बनेका छन्। साबिक गाविस डुमरिया वाडा न ०४ बस्ने भोला साह बनियाले आफ्नो धर्म पुत्र बनाएर भारतीय नागरिक लाइ नेपालि नागरिक बनाएका छन्। .

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भारतको विहार पूर्वी चम्पारण छौदादानो प्रखंड लतिहनवा बस्ने रामाधार साहले धर्म पुत्र बनी नेपाल बाट नागरिकता प्राप्त गरेका छन्। साह चार भाइ रहेकाछन। सबै भन्दा जेठो रामाधार साह, योगेन्द्र साह, जगरनाथ साह, राजेन्द्र साह लगायत सहोदर भाइ रहेका छन्। साहले जिप्रका रौतहट बाट २०५१-१०-१६ मा ना प्र न १९४४ प्राप्त गरेका छन्। रामाधार साह हाल महागढ़ीमाइ नगरपालिका वडा न २ मा कपडा पसल गरि बसोबास गरिरहेका छन्।

Karaiya Mai Notice Winter

रौतहट ईशनाथ नगरपालिका वार्ड नम्बर ९ को वार्ड अध्यक्ष रामबाबु यादव महागढीमाई नगरपालिका बाराको मिति २०७५ साल असार २६ गते च. न. २३३९ को सिफारिस पत्रमा रामअधार भोला को धर्मपुत्र नरहेको जवाफ पठाएका छन्। रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारि इनरदेव यादव संग बुझ्दा त्यसको बारेमा उजुरी आउदा दोषी लाइ कार्यवाही गर्ने बताएका छन्।

साहको बारेमा कलैयाको देवकी लाल धर्मशालामा महागढ़ीमाइ नगरपालिकाका सर्वसाधारणले पत्रकार समेलन गरि जानकारी गराउदै यस्ता गैर कानुनि कार्य गर्ने गराउने लाइ कानुन अनुसार कार्यवाहीको मांग गरेका छन्। पत्रकार मा प्रभात बिक्रम साह, जहिर अंसारी, जोगिन्द्र महतो, राकेश आचार्य, सर्फुलाह अंसारी, मुनिलाल साह, महन्थ राउत कुर्मी, बिर्जु साह कानु, उतिम छन् पासवान लगायतकाले कार्यवाहीको माग गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed