CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बीरगंज बाट तीनजना फोटो पत्रकार मनोनित

फेटा GP PSA
3,031
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज, ।।  नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार २०७५” का लागि बीरगंजका ३ जना फोटो पत्रकार मनोनयनमा परेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजना यही बैशाख १३ गते वितरण हुने सो पुरस्कारका लागी विभिन्न सञ्चार माध्यममा कार्यरत वीरगन्जका तीन जना पत्रकार मनोनयनमा परेका हुन् । १५ बिधामा प्रत्येक बिधाका लागि ५ जना गरि ७५ जना मनोनीत भएकोमा बीरगंज बाट पन्कज श्रेष्ठ, सफल खतिवडा र तिवारी यादव मनोनीत भएका छन् । फोटोका लागि राजनीति, दैनिक जिवन, महिला, पर्यटन तथा संस्कृति, खेलकुद, मनोरञ्जन, आर्थिक, अनलाइन लगायतका गरि १५ वटा बिधा रहेका छन् ।

Karaiya Mai Notice Winter

प्रत्येक बिधाबाट उत्कृष्ट ५ मा पर्ने सफल फोटो पत्रकारहरु लाई सोमबार कार्यक्रम आयोजना गरेर प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तले फोटो पत्रकारहरुको हौसला बढाउन समुहले विगत ३ बर्षदेखि विभिन्न संघसंस्थासंग सहकार्य गरि पुरस्कार प्रदान गर्दै आइरहेको बताए । प्रत्येक बिधामा उत्कृष्ट हुनेलाई २५ हजार नगदसहित ,प्रमाणपत्र ,ट्रफि तथा सबै बिधाबाट उत्कृष्ट हुने ५० हजार नगद सहित ,प्रमाणपत्र ,ट्रफि वितरण गरिने आयोजक संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश