विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जेष्ठ नागरिक दिवसको अवसरमा संजीवनी बाटिका वृद्धाश्रम भवन समुदघाटन

सिम्रौन्गढ़ नपा psa

सिमराजीतपुर, बारा।

जेष्ठ नागरिक दिवसको अवसरमा संजीवनी बाटिका वृद्धाश्रम भवन समुदघाटन गरिएको हो। ३३ औ ज्येष्ठ नागरिक दिवसका अवसरमा वृद्ध आश्रमको समुदघाटन गरिएको हो। जितपुर सिमरा उपमहानगरपालिका ७ मदर्शा टोलमा निर्माण भएको हो। नेपाली काङ्ग्रेसका तथा पुर्व मन्त्री फरमुल्लाह मंशुरको अध्यक्षता तथा वर्तमान अर्थ मन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा समुदघाटन गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रमुख अतिथि महतले रिबन काटेर बृद्धाश्रमको समुदघाटन गरि कार्यक्रम लाई सम्बोधन गर्दै बाटिकाको लागि आवस्यक चाहिने सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन। महतले सबै नेपाली नागरिकले आ-आफ्ना बुवा आमा लाई सबैले स्नेह गर्न आग्रहका साथै देशको आर्थिक अवस्था सहज रुपमा सुध्रन लागेकोले सारा उधोगी ब्यवसायीले उच्च मनोबलका साथ लगानी गर्न जानकारी दिएका थिए। उनले फास्ट ट्र्याकको काममा पैसाका लागि भनेर काम ढिलो नहुने तथा उखु किसानका पैसा चाडै जाने र सिमरौनगढ तामागढी सडक खण्डको मुआब्जा दिने बिषय पनि अगाडी बढ्ने बताए।

त्यस्तै पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्ण श्रेष्ठ (किसान)ले बाटिकाको पुर्ण सफलताको कामना गर्दै मन्सूरले गरेको कार्य सराहनीय रहेको भन्दै सत्य र निश्ठावान नेता भएको चर्चा गरेका थिए। श्रेष्ठले फास्ट ट्र्याकको आवस्यक बजेट यथाशीघ्र निकासा गर्न अर्थ मन्त्री लाई आग्रह गरेका थिए।

Karaiya Mai Notice Winter

उक्त अवसरमा बारामा उल्लेखनीय योगदान गरेका दुई जना ज्येष्ठ नागरिक तत्कालीन जिबिस सभापति छट्टु यादव र बामपंथी नेता नन्दन अर्याललाई नगद सहित दो सल्ला र कदर पत्रले सम्मानित गरिएको हो। साथै बाटिकालाई सहयोग गर्ने विभिन्न दाताहरुलाई समेत सम्मानित गरिएको थियो।

जेष्ठ नागरिक दिवसको अवसरमा उक्त आश्रममा रहेका बृद्धाश्रम वासी लाई सम्मान नगरी जेष्ठ नागरिक लाई अपमान गरेको सरह व्यवहार भएको केही जेष्ठ नागरिकहरुको अवधारणा रहेको थियोे। दलगत र उच्च वोहदा सम्म पुगेका लाई मात्र सम्मानित गरेर साच्चिकै यो देशमा सत्ताको पुजारी तथा स्वार्थी राजनितीज्ञ रहेको प्रमाणित समेत गरेको केही जेष्ठ नागरिकहरुको अवधारणा रहेको थियो।

कार्यक्रममा प्रदेश सान्सद देवनारायण चौधरी, राजन पौडेल, कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह, महागढिमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, वडा अध्यक्ष सुनिल गुप्ता, प्रजिअ नवराज सापकोटा, डिलाराम पन्थी, महासेनानी बिनोद चन्द, कर अधिकृत राजकुमार खतिवडा, प्रेम देवकोटा, प्रहरी उपरीक्षक सुरेश काफ्ले, राजेन्द्र खड्का, समाजसेवी नन्दन अर्याल, छट्टु यादव, सम्बिधान सभा सदस्य मधु शाही ठकुरी, डिएसपी प्रदिप छेत्री, रास्ट्रीय अनुसन्धानका एसपी अभिनव सिंह लगायत सयौ समाजसेवि तथा जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य संजीवनी बाटिकाका कोषाध्यक्ष मधुसाही ठकुरीले गरेकी थिइन भने, कार्यक्रम संञ्चालिका मेघा साही रहेकी थिइन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed