विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षामा सुधार र पढाइ अगाडि बढाउन बिधालयमा सामाग्री सहयोग

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको कलैया उपमहानगपालीका ३ श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बैधनाथपुरका विद्यार्थीको पढाइमा सहयोग पुर्‍याउन सामाग्री वितरण भएकोछ। गंगापुरको समाजसेवी शिक्षा तर्फ सहयोग गर्ने उपेन्द्र साह कानु पढाइमा सहयोग पुर्‍याउने सामाग्री बाडेकाछन। सामुदायिक बिधालयमा गरिब समाजमा पछाडी परेका छोराछोरी पढने हरुलाइ सहयोग पुगोस भनी सामाग्री वितरण गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कक्षा ६ सम्म रहेको बिधालयमा अध्यनरत छात्रछात्रा लाई खेलकुदको लागि सामाग्री र अंग्रेजीमा पढाइ हुन सहयोग पुगोस भनी अलईन वन किताब साह एक सय २८ वटा वितरण गरिएको थियो। समाजसेवी साह बिधालयमा पढने छात्रछात्रालाई गर्मिबाट बाच्न ५ थान पंखा दिने प्रतिबद्धता गरेका छन्। कार्यक्रममा बिशिस्ट अतिथी कलैया उपमहानगरपालिका ३ का वडाअध्यक्ष मोहन साह कानु गाउको सबै अभिभावक आआफ्नो बालबालिका लाई पढाउन बोर्डिङमा पठाइदिने ले गर्दा सामुदायिक बिधालय पछाडि परेको भनी आफोनो धारणा राखेका थिए। जुन सामुदायिक बिधालय छात्रछात्रा पढन आउदैछ त्यो बिधालय राम्रो हुदैछ अध्यक्ष कानुले आफ्नो धारणा राखे। शिक्षा, कृषि र स्वास्थ्यमा बढी आफ्नो सहयोग गर्ने कानु आफ्नो धारणा राखे।

Karaiya Mai Notice Winter

बिधालयका बालविकास शिक्षिका सरिता सिंह स्कुलमा आर्थिक अभाव भएकोले पढने छात्रछात्रा लाई पढाउन शिक्षण सामाग्री सबै नहुदा चाहेर पनि सब थोक पढान नसकेको बताइन। समाजसेवी साह पहिला दिल्ली नै पढाइलाई सहयोग पुर्‍याउने गर्दै आइ रहेका बताइन,आज सबै अभिभावक यसतै सहयोग गरेको भए बिधालयमा पढाइ अगाडि बढथियो भने शिक्षिका सिंहले सहयोग गर्न काम गर्दै आएको बताइन। बिधालयका प्रअ सत्यनारायण मण्डलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कपिल प्रसाद भट्टराई गरेका थिए भने प्रभु यादव, रमेश साह लगायतका ब्यक्ति आआफ्नो मन्तव्य राखी सल्लाह सुझाव दिएका थिए।

विद्यालय व्यवस्थापन समिति के अध्यक्ष रियाज हवारीको सभापतित्वमा भएको कार्यक्रममा कलैया उप-महानगरपालिका वडा ३ का निर्वचित वडा सदस्य दरोगा राउत कुर्मि, श्यामनाथ मण्डल समाजसेवी संदिप गुप्ता, शिक्षक छोटेलाल प्रसाद साह, रिन्कु कुशवाहा, फुला पटेल समाजसेवी लगायतका व्यक्तित्वहरु सहभागि रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed