विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मतदाता नामावलीमा महिला, दलित र सीमान्तकृतको पहुँच बारे अन्तरक्रिया

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मतदाता नामावलीमा महिला दलित र सीमान्तकृतको पहुँच बारे अन्तरक्रिया कार्यक्रम गरिएको हो। दलित सरोकार मञ्च नेपालको आयोजना तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाराको सहकार्यमा अन्तरक्रिया गरिएको हो। मञ्चका केन्द्रिय सचीव सिकेन्द्र पासवानको अध्यक्षता तथा पुर्व राज्य मन्त्री कलावती पासवानको प्रमुख आतिथ्यतामा एवं नागरिक समाजका अगुवा उमेश लालदास, वरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष एवं कार्यकारी अध्यक्ष रामबाबु मेहताको विशिष्ट आतिथ्यतामा संबंधित सरोकारवाला संग छलफल गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए । मतदाता नामावलीमा सहभागितामा कमि रहेको बारे धारणा राख्ने क्रममा सबैले सबै सरोकारवाला नै जिम्मेवार रहेको कुरा राखेका थिए। मतदाता नामावलीमा नाम समावेश गराउन सबैले आ-आफ्नो ठाउँ बाट अघि बढ्नु पर्ने धारणा राखेका थिए । सरोकारवाला नै ईमानदार नरहेकोले पछाडी परेको वक्ताहरुले बताए।

प्रमुख अतिथि पासवानले आफ्नो धारणा राख्ने क्रममा दलित लाई आज पनि समाजमा विभेद भएगरेको कुरा राख्दै सबैभन्दा बढि सिरहा, सप्तरी, कपिलवस्तु जिल्लामा संख्यात्मक रूपमा दलित बस्ती रहेकोे बताए। हामी सबै विभेदकारी संग लड्दै आइरहेको बताए।

त्यस्तै नागरिक समाजका अगुवा दासले आफ्नो धारणा राख्ने क्रममा सरोकारवाला दलिय कित्तामा समाहित भएको कारणले पछाडी परेको बताए। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अशोक कुमार केशरी, सञ्चारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाजका अगुवा, समाजसेवी लगायतका उपस्थिति रहेको थियो। कार्यक्रम संचालन राजनारायण राम चमारले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed