विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षा, स्वास्थ्य,कृषि र व्यवसाय विशेष प्राथमिकता दिने : रुस्तम अंसारी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको फेटा गाउँपलिकाको १० औ गाउँ सभा आ.ब २०७९/०८० को नीति कार्यक्रम तथा बजेट सर्वजनिकिकरण सम्पन्न भएको छ ।उक्त गाउँ सभाले आगामी आर्थिक वर्षको लागी ३५ करोड ९२ लाख ५८ हजार को अनुमानित बजेट प्रस्तुत गरेको हो । चालु बजेट रु.९ करोड ८० लाख ५८ हजार एवं पुँजीगत तर्फ १० करोड ५३ लाख बिन्योजित गरिएको हो। भने अनुदान तर्फ १५ करोड ५९ लाख बजेट विनियोजित गरीको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गाउँपालिका का अध्यक्ष रुस्तम अन्सरीले आ.व. ०७९/०८० को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । गाउँपालिकाको अध्यक्ष अन्सरीको अध्यक्षतामा तथा उपाध्यक्ष निलम साहको र प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर कुमर सिंहको विशिष्ट आतिथ्यतामा गाउ सभा गरेको हो। गाउँपालिकाको अध्यक्ष अंसारीले गाउँ सभाबाट नागरिकको अपेक्षा अनुसारको नीति कार्यक्रम ल्याईएको र सो बाट सबै जना खुशी हुने विश्वास व्यक्त गरेका थिए।

पालिकाको हरेक व्यवस्था लाई व्यवस्थापन गरी जनताको हितमा बढी फाइदा हुने खाले बजेट ल्याउने बताएका छन । फेटा बजारलाई नमुना बजार बनाउने किसिमले अगाडी बढिरहेको समेत अंसारीले बताएका छन ।कार्यक्रममा सम्पूर्ण वडाध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखा र उपशाखाका प्रमुख तथा कर्मचारीहरु, संचारकर्मी लगायतका स्थानीयवासीहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम संचालन मुकेश साहले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed