विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगञ्ज बसपार्क : ‘अघोषित रेडलाइट एरिया’

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – वीरगञ्ज बसपार्क स्थित अहिले यौन व्यावसाय व्यापक फस्टाएको छ । किशोरी उमेरदेखिका युवतीहरुदेखि अधवैसे युवतीहरु बसपार्क क्षेत्रका होटलमा खुलेयाम यौन व्यावसाय गरि रहेका छन् । बसपार्क क्षेत्रभित्रै रहेका होटलदेखि आसपास क्षेत्रका होटलहरुमा अर्धनग्न बस्त्र लगाएका किशोरी तथा महिलाहरु यौन व्यवसायका लागि ग्राहक कुरि रहेका सहजै तरिकाले देख्न सकिन्छ । यसले गर्दा त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पनि दुःख खेप्नुपर्ने अवस्था सृजना भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

केही दिन अघिसम्म राति राति बसपार्क क्षेत्र लगायत बाइपास सडकमा तेश्रो लिङ्गीहरुले यौन व्यवसायका लागि ग्राहक खोज्ने गरेको अवस्थामा हाल आएर किशोरी तथा अधवैशे महिलाहरु नै यौन व्यवसायमा सक्रिय भएका छन् । बसपार्क क्षेत्रमा रहेका सानो एउटा खाजा खाने होटलमा १० देखि १५ जना किशोरी युवती तथा अधवैशे महिलाहरु यौन व्यावसायका लागि राखिएका छन् । खाजा नास्ता खाने बहानामा होटलमा प्रवेश गर्ने ग्राहकहरुले रु ७ सय देखि ५ हजारसम्म पैसा तिरी यौनसम्पर्क गर्ने गरेका छन् ।

वीरगञ्जको बसपार्कमा रहेको प्रहरी चौकी अगाडि बसपार्क ढाठ अगाडि रहेका होटलहरुमा पनि खुलेयामा यौन व्यवसाय हुने गरेको छ । त्यही ढाठ नजिकै बसपार्क प्रहरी चौकीका प्रहरी ड्युटी गरि रहेका हुन्छन्, त्यही प्रहरीकै अगाडिबाट यौन व्यवसायीहरु होटल एवं लजमा गएर यौन क्रियाकलाप गर्ने गरेका छन् । बसपार्क प्रहरी चौकीलाई यौन व्यवसायी होटलहरुका साहुले महिनावारी रकम बुझाउने गरेका कारण प्रहरीले आँखा चिम्लिने गरेको बताइएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed