विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बालबालिकालाई उद्दार गरि पालिका प्रमुखको रोहवरमा अभिभावक लाई जिम्मा

सिम्रौन्गढ़ नपा psa

सबिर आलम, सिम्रौनगढ, बारा।

आज आदर्श कोतवाल गाउँपालिकाको कार्यालयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको रास्ट्रीय बाल अधिकार परिषद तथा समरक्षन नेपालको सहकार्यमा संचालित बाल हेल्प लाईन १०९८ नेपाल दोवारा २ जना बालकलाई गाउँपालिका अध्यक्ष जवार प्रसाद साहको रोहवरमा बालकको आफ्न्तलाई जिम्मा लगाईएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा र पर्साको पाँच जना बालबालिकाहरुलाई भारतको मोतिहारी स्थित बाल गृहबाट उद्दार गरि लयाईएको छ। साथै विरगन्ज महानगरपालिकाको १ जना बालक लाई विरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिहलाई जिम्मा लगाइएको छ। जितपुर उपमहानगरपालिकाका १ जना बालक र एक जना बालिका गरि २ जनालाई जितपुर सिमरा उपमहानगरपालिकाको बाल कल्याण अधिकारीको रोहबरमा आफ्न्तलाई जिम्मा लगाईएको छ।

Karaiya Mai Notice Winter

भने बाराको आदर्श कोतवाल गाउँपालिकाको २ जना बालकलाई गाउँपालिका प्रमुख जवाहर प्रसाद साहको रोहवरमा आफ्न्तलाई जिम्मा लगाईएको छ! बाल हेल्प लाईन १०९८ नेपाल बाराका कार्यक्रम समयोजक मुकेश कुशवाहाका अनुसार यस्ता बालबालिकामा गरीब परिवारका बालबालिकाहरु तथा जोखिममा परेका बालबालिकाहरु पर्ने गरेको बताए , अर्को शब्दमा भने बालकल्याण समिति मोतिहारी पुर्वी चम्पारणबाट ईमेलबाट हाम्रो बाल हेल्प लाईनमा जानकारी आए पश्च्ताप समाजिक अन्वेषण तथा आर्थिक प्रतिवेदन तयार गरि बालकल्याण मोतिहारी सङ्ग सहकार्य गरी बाल गृहबाट उदार गरि आफ्न्तलाई जिम्मा लगाउने गरेका छौ।

त्यस्तै बाल हेल्प लाईन १०९८ नेपालले यस्तो जोखिममा परेका बालबालिकाहरुलाई निकालीआफ्न्त सम्म पुर्याई राख्नु भएको भन्दै आदर्श कोतवाल गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहले आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए। आउदो दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा राखेको पनि बताउनु भयो।

उक्त कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह, वार्ड न.२ का वार्ड अध्यक्ष मनोज प्रसाद मेहता,वार्ड न.३का वार्ड अध्यक्ष शशिभुषण यादव, ईलाका प्रहरी महेन्द्र आदर्श च्युटाहाका प्रतिनिधि, बाल हेल्प लाईन १०९८ नेपालका कार्यक्रम अधिकृत कृष्ण प्रसाद यादव, रामाकान्त साह, रेख नरायण साह, तथा बालबालिकाहरुको आफ्न्तहरुको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed