विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

कृष्णनगरमा सरसफाई सेवा केन्द्र तौलिहवा द्वारा सरसफाई

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा आज बिहान जनचेतना मूलक कार्यक्रम अन्तर्गत कपिलवस्तु सरसफाई सेवा केन्द्र तौलिहवाको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा कृष्णनगर बजार क्षेत्र भित्र सरसफाई कार्यक्रम सम्पन्न भएको छl

बजार भित्र रहेको फोहोर हरु सफा गरिएको र आ आफ्नो घर तथा पसलको अगाडि डस्टबिन राख्न कपिलवस्तु सरसफाई सेवा केन्द्र तौलिहवाका अध्यक्ष सरोज डफालीले अनुरोध गरेका थिए l

Prasauni holi 2082
karaiya holi 2082

बजार सरसफाई कार्यक्रममा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शैलेंद्र पाण्डे सहितको प्रहरी टोली, बार्डर आउट पोष्ट कृष्णनगर का सशस्त्र प्रहरीको टोली, नगरपालिका का कर्मचारी, शान्ति पुनर्स्थापना गृहका प्रतिनिधि, आफन्त नेपालका प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागिता मा कृष्णनगरको गोलघर देखि पुरानो बस पार्क हुदै भन्सार कार्यालय सम्म सरसफाई गरिएको थियो l

वडाध्यक्ष हरीपाल चतुर्वेदी, जीवन श्रीवास्तव, कृष्ण कुमार गुप्ता, वडा सदस्य राहुल मोदनवाल, समाजसेवी वृजेश गुप्ता, खालिद खान लगायत अन्यको सहभागिता रहेको तथा कृष्णनगर भन्सार कार्यालय सम्म सरसफाई गरि कार्यक्रम समापन गरिएको थियोl

आफूहरू जिल्लामा विभिन्न समयमा सरसफाई कार्यक्रम गर्दै आएको जनतामा सरसफाई सम्बंधि जनचेतना फैलाउदै आएको कपिलवस्तु सरसफाई सेवा केन्द्र तौलिहवाका टेक्निकल मैनेजर प्रविन भण्डारीले जानकारी दिए l

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed