विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपा नेपाल र राष्ट्रिय एकता पार्टी नेपाल बीच एकीकरण

सिम्रौन्गढ़ नपा psa

काठमांडौ।

Karaiya Mai Notice Winter

नेपालका नागरिकहरुलाई राज्यले विभेद गरि अधारभुत अधिकारहरु लाई कुन्ठित गरि राखेको कुरा लाई जसरी भए पनि सुरक्षित गर्ने उदेश्यका साथ पार्टी एकीकरण भएको हो। विभिन्न आन्दोलन तथा जन आन्दोलन लगायत आदिवासी जनजाति थरुहट आन्दोलन तथा उत्पीडित सीमान्तकृत जाती समुदायहरुले गरेको न्याय, समानता शोषण, दमन र विभेदको विरुद्ध भएको सशक्त आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षता समानुपातिक समावेशी सिद्धान्त लाई स्थापना गर्दै हिमाल, पहाड र तराई मधेशको नेतृत्व स्थापित भएको पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय एकता पार्टी नेपाल बीच पार्टी एक आपसमा सहमति गरि एकीकरण गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दुईटै पार्टी बीच पाँच बुन्दे सहमति भएको हो।
१) राष्ट्रिय एकता पार्टी नेपालले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको नाम र छाप स्विकार गर्ने ।
२) लिम्बुवान आन्दोलन बारे सरकार संग गरेको ५ बुन्दे सहमति घाइते अपाङ्ग र लिम्बुवान सहिदहरु लाई लोसपा नेपालले स्वामित्व ग्रहण गर्ने।
३) जिल्ला प्रदेश र केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी नेपालका सबै संगठनहरु लाई लोसपा नेपालमा समायोजन गर्ने।
४) राष्ट्रिय एकता पार्टी नेपाल बाट आएका नेता तथा कार्यकर्ताहरु लाई आउने संघ र प्रदेशको निर्वाचनमा लोसपा नेपालको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिने।
५) राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष प्रेम कुमार थाम्सुहाङ (प्रेम दिप) लाई केन्द्रिय कार्यकारिणी सदस्यमा समायोजन गर्नुको साथै प्रदेश न. १ को इन्चार्जको जिम्मेवारी दिने भनी बुन्दाहरु रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed