विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

चौथो वार्षिकोत्सबको अवसरमा नयाँ सौगातको रुपमा संजाल राष्ट्रिय दैनिकको बिमोचन

सिम्रौन्गढ़ नपा psa

वीरगंज, पर्सा।

हाम्रो नेपालमा पत्रकारिता जगत लाई नियाल्नेहो हो भने हालको अवस्थामा निकै नै कठिन रहेको छ। तर दर्जनौ पत्रीकाहरुको भिडमा एउटा अझ पत्रीका थपिदा पनि सराहनीय रहेको तर बिडम्बना पनि रहेको छ। जुन हामीले सहजै स्वीकार गर्न सकेका छैनौ। हाम्रो नेपालमा पत्रकारिता गर्नका लागि फलाम लाई चपाउनु सरह हो। किन कि हाम्रो नेपाल विधिको शासन र कानुनी राज्य रहे तापनी हालको अवस्थामा प्रमुख तीनटै निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका फोहरी राजनीतिको चंगुलमा रहेको छ। र त्यस्तै देशको चौथो अंगको रूपमा रहेको सञ्चारमाध्यम पनि हरेक पार्टीको भात्रीसंगठन नभए पनि सुभेक्षुक संस्था भएर स्वतन्त्र पत्रकारिता अभावमा सत्यता र असत्यताको चिरहरण गरि मात्र आ-आफ्नो पार्टीले गरेको गलत गतिविधि लाई ढाकछोप गर्नमा सम्पुर्ण समाज लाई अक्रामक बनाउनु बाहेक अरु केही गर्न नसकेका छन्।

पत्रकार र पत्रकारितामा चाहिने स्वतन्त्रता बारे सरकारले पनि अंकुश लगाईराख्दा कोहि केही गर्न वा अवाज समेत उठाउन सकेका छैनन्। उदाहरणको रुपमा निजिनिवास वा व्यक्तिगत जीवनको कुरा बारे कसैले फोटो खिच्न लाई सोधेर मात्र खिच्न पाउने कानुन बनेकोछ, तर कोहि आफ्नो निजि निवासमा मै कैसै लाई बलात्कार वा गलत गतिविधि गरिरहेको बारेमा के सोधेर फोटो खिच्ने हो? वा कसैले अनुमति दिन्छ कि दिदैन्न भन्ने बारेमा सबैले सहजै अनुमान लगाउन सक्छन्।

Prasauni holi 2082

तर देशभरिको सबै पत्रकारहरुको छाता संगठनको रूपमा रहेको नेपाल पत्रकार महासंघले पनि खासै केही गर्न असफल रहेको देखिन्छ। जबकी पत्रकारिताको मुलधर्म भनेको भए गरेका गतिविधि बारेमा सत्य, तथ्य, निश्पक्ष एवं स्वास्थ लाई सम्प्रेषण गर्नु चाहे त्यो कसैको पक्षमा होस वा विपक्षमा।

karaiya holi 2082

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले वीरगंज लाई देशकै आर्थिक राजधानीको रुपमा स्थापित गर्न पत्रकारिता जगतले कलम चलाईदिन आग्रह गर्नुभएको छ। युवाहरुको संजालद्वारा संचालित वीरगंज संजाल डट कमले आफ्नो चौथो वर्ष र वीरगंज संजाल साप्ताहिक पत्रिकाले पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा मंगलबार नेपाल पत्रकार महासघं पर्सा शाखाको सभाहलमा आयोजना गरेको सम्मान तथा संजाल राष्ट्रिय दैनिक बिमोचन कार्यक्रममा डा. गुप्ताले यस्तो आग्रह गर्नुभएको हो। विदेशी लगानी भित्रयाउन तथा व्यापारमा देखिएका समस्याहरु बारे पत्रकारिता जगतले कलम चलाए वीरगंज लाई आर्थिक नगरीबाट देशकै आर्थिक राजधानीको रुपमा स्थापित गर्न टेवा पुग्ने विश्वास वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. गुप्ताले व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघका पर्सा जिल्ला अध्यक्ष अनुप तिवारीले सकृय युवाहरुकै संजाल भएको वीरगंज संजालले संजाल राष्ट्रिय दैनिक पाठकवर्गमा ल्याएकोमा बधाई ज्ञापन गर्दै आचारसंहिता भित्र रहेर सत्यतथ्य तथा खोजमुलक र स्थानियको समस्या, भोगाईका कथा आदी सामाग्री प्रकाशन गरी अगाडी बढ्ने सुझाव दिनुभयो ।

छोटो समयमा वीरगंज संजालले प्रत्येक पक्ष समेटेर अगाडी बढेकोमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले धन्यावाद व्यक्त गर्दै आगामी दिनमा पनि यसै प्रकार प्रगति गरि रहोस् भन्ने कामनाका साथ बधाई ज्ञापन गर्नुभएको थियो । लामो समयदेखि वीरगंज संजाललाई सहयोग गरेका सम्वादाता, भोजपुरी पेजमा भोजपुरी सामाग्री तयार पारी सहयोग गर्ने सम्वादाता, चित्रहरु बनाई पठाउने विद्यार्थी, लेख–रचना पठाई पत्रिकालाई सहयोग गर्नुहुने, विज्ञापनदाता लगायत सहयोगी संचारकर्मी लाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

यसैविच वीरगंज संजालले आयोजना गरेको ७ दिने पत्रकारिता तालिमका प्रशिक्षक लगायत तालिममा भागलिनेहरु लाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । उक्त अवसरमा नेपाल पत्रकार महसंघ मधेस प्रदेशका महासचिव श्याम बन्जरा, निजि रेडियोहरुको छाता संगठन वानका मधेस प्रदेश पुर्व संयोजक आर.सी यादव, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा लगायतका अतिथिहरुले पत्रिका पाठकले खोजेको जस्तो खुराक हुनु पर्ने, निस्पक्ष रुपमा सबैलाई समेटेर अगाडि बढोस भन्दै सुभकामना समेत दिएका थिए ।

कार्यक्रको अध्यक्षता संजालका संचालक कृष्णा श्रीवास्तवले गरेका थिए भने स्वागत मन्तव्य रुपेश ठाकुरले गर्नुभएको थियो । कार्यक्रमको संचालन संचारकर्मी एवम ए न्युज टेलिभिजनका एम.सि.आर. प्रमुख रंजित यादवले गर्नु भएको थियो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed