CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्थापना दिवसमा प्रभु हस्पिटलमा ५० प्रतिशत छुट सहित विभिन्न कार्यक्रम आयोजना

फेटा GP PSA
530
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – वीरगञ्जमा सेवारत प्रभु हस्पिटलले स्थापना दिवसको अवसरमा विरामीलाई ५० प्रतिशतको छुट सहित विविध कार्यक्रम गर्ने भएको छ । प्रभु हस्पिटलले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा ५० प्रतिशत ओपिडि छुट सहितको साता व्यापी कार्यक्रमहरु गर्न लागेको हस्पिटलले जनाएको छ ।

साताव्यापी कार्यक्रम अनुसार वृक्षारोपण, शैक्षिक सामाग्री वितरण, पाठेघर क्यान्सरको जचेतना सहित रक्तदान कार्यक्रम लगायतको कार्यक्रमहरु गर्न लागेको हो । स्थापना दिवसको अवसरमा सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सोमबार नै न्यूरो ओपिडी, मंगलबार अर्थो, बुधबार पेडिया डेन्टिरस, विहिबार फिजिसियन कार्डो, शुक्रबार गाईनो र सर्जन ओपिडिमा ५० प्रतिशतको छुट सहितको सुविधा विरामीहरुका लागी दिईने अस्पताल प्रशासनले जनाएको छ ।

Karaiya Mai Notice Winter

हस्पिटलको स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर र असन्तुलित हर्मोन सम्बन्धी जनचेतनाको साथै चाडपर्व र डेङ्गु रोगको प्रकोपलाई लक्षित गर्दै शनिवार वृहत रक्तदान कार्यक्रम गर्न लागेको हस्पिटलका संचालक डा. मनोज गुप्ताले जानकारी दिनुभयो ।

खासमा उमेर बढेसंग महिलामा हुने असन्तुलित हर्मोनको कमि र पाठेघरको क्यान्सरबारे मधेश प्रदेशमै जनचेतनाको कमि भएकाले त्यसबारे जानकारीका लागी जनचेतना लगायतको कार्यक्रम गर्न लागेको हस्पिटलकी बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। लक्ष्मी थापाले बताउनुभयो ।

स्थापना दिवसको अवसरमा सोमबार हस्पिटल अगाडी भएको वृक्षारोपण कार्यक्रममा वडा नं. ८ का पुर्व वडा अध्यक्ष राजकिशोर गुप्ता, हालका वडा सदस्य गफार अन्सारी, टोल सुधार समितिका अध्यक्ष संजय श्रीवास्तव, मिना बजार

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बासु सहनी, उपाध्यक्ष प्रवेज सरार्फ, कोषाध्यक्ष रामाधार सरार्फ, हस्पिटलका संचालकद्वय डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा गुप्ता, सामाजिक अभियन्ता दिलिप राजकार्की लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश