विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दवाव र प्रलोभनमा मतदाताले आफ्नो भोट बेच्ने छैनन् : प्रदीप यादव

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर १ अन्र्तगत पर्ने विभिन्न टोलका मतदातासँग भेटघाटमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादव व्यस्त छन् । जनताको घरदैलोमा पुग्ने र जनताका समस्या सुन्ने कार्यलाई यादवले निरन्तरता दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट क्षेत्र नम्बर १ का साझा उम्मेदवार यादवले जनता सचेत भइसकेको बताउँदै कसैको दबाब र प्रलोभनको भरमा भोट नदिने बताए । उनले भने, “जनता अब जागरुक भइसकेका छन् , कसैले दबाब र प्रलोभन देखाउँदैमा भोट पाउने दिन अब गइसक्यो, अब जनताका समस्या सुन्ने र काम गर्नेलाई नै जनताले मत दिन्छन् ।”

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पहिलो पटक निर्वाचित हुँदा पनि आफुले उल्लेख्य काम गरेको दावी गर्दै यादवले अब पुनः अर्कोपटक निर्वाचिनेतालाईत गराएमा विकास निर्माणका काम गरेर वीरगञ्जको कायापलट गर्ने बताए । उनले विकासको सुनौलो ढोका खोलेर वीरगञ्जलाई व्यापारीक हबको रुपमा विकास गर्नुका साथै जनताको जीवनस्तरलाई माथि उकास्ने खालका योजना ल्याउनका लागि पनि यसपटक फेरि आफुले जित्नुपर्ने उनले बताए ।

छोटो समयका लागि मन्त्री हुँदा पनि वीरगञ्जसहित पर्सा जिल्लाका लागि महत्वपूर्ण योजना ल्याएको बताउँदै उनले ति योजनाले वीरगञ्जको विकास र परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।

जनताले विकास चाहेको हुँदा विकास गर्न सक्ने व्यक्तिलाई नै जनताले निर्वाचित गराउने यादवको भनाई छ । यादवले अहिले केहि बहुरुपियाहरु भेष बदलेर जनतलाई प्रलोभन पार्ने षडयन्त्र गरिरहेको भएपनि जनताले चुनावमा उनिहरुको पर्दाफास गरिदिने ठोकुवा पनि गरे । यादवले भने, ‘अब जनतालाई चिप्लो भाषण होइन , सिरिफ काम चाहिन्छ काम, काम गर्ने नै जनताको रोजाइ बन्छ, त्यसैले बहुरुपियाहरुले दिवा सपना नदेखे हुन्छ ।’

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed