विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पँवरिआ नृत्य सङ्गोष्ठि कार्यक्रम आज बाराको आदर्श कोतवालमा 

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा- प्रतिष्ठान नृत्य विभाग द्वारा आयोजित ” पँवरिआ नाच ” विषयक सङ्गोष्ठि कार्यक्रम २०८० असार १ गते बारा जिल्लाको आदर्श कोतवाल गाउपालिका सम्पन्न  भएको छ ।
परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख  प्राज्ञ बखत हमालको सभापतित्वमा सम्पन्न भएको उक्त सङ्गोष्ठी कार्यक्रमको
प्रमुख अतिथि तथा कार्यपत्र प्रस्तोता भाषा आयोगका  अध्यक्ष डा. गोपाल ठाकुर ,टिप्पणी कर्ताहरुमा भाषा आयोगका सदस्य गोपाल अस्क र प्राज्ञ विनित ठाकुर रहनु भएको थियो । बिशेष अतिथि भाषा आयोग  सदस्य  मातृका पोखरेल  रहनु भएको थियो स्थानीय बुद्धिजीवी,कलाकार लगायतको  आतिथ्यता र सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरुलाई आयोजकको तर्फबाट हिलारी बन्धु भुजेलले स्वागत मन्त्यब्य द्वारा स्वागत गर्नु भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा कार्यपत्र माथी छलफल सहित  पँवरिआ नृत्य  समेत प्रस्तुत गरिएको थियो । पँवरिआ नृत्य पछिल्लो समय लोपोन्मुख अबस्थामा रहेको मधेस प्रदेश र तराईमा बसोबास गर्ने पँवरिआ जाति बिशेशको नृत्य पनि हो जीवन यापन सङ्ग जोडेर लैजान कठिनाइ भएपछि यो नृत्य लोपोन्मुख अबस्थामा रहेको छ । यसको खोज , अनुसन्धान , संरक्षण र प्रबर्द्धन  गर्ने उद्देश्यले  उक्त कार्यक्रमको आयोजना गरेको  प्राज्ञ बखत हमालले बताउनु भयो । नेपाली लोक तथा मौलिक नृत्यहरुको थप खोज र अनुसन्धान गरि पुस्तान्तरण गर्ने अभिलेखिकरण गर्नु पर्नेमा प्रमुख अतिथि , बिशेष अतिथि र सहभागीहरुको जोड रहेको थियो उक्त कार्यक्रमको सहजीकरण  जयप्रकाश लाल दास ले गर्नु भएको थियो।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed