विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै : आलम

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै गरेको एक जना निवेदनकर्ता सबिर आलमले लेखापढी कानुन व्यवसायी समितिको सभाहलमा पत्रकार सम्मेलन गरी गुनासो पोखेका हुन। पचरौता नगरपालिकाको लागि विभिन्न पद र संख्यामा मिती २०७९/०९/१९ गतेको निर्णय अनुसार नगरपालिका अन्तर्गतका विधालयहरुमा कामकाज तथा शिक्षण गर्ने गरि नगरपालिका बाट तलब भता खाने गरि सेवा करारमा तपसिलका स्वयमसेवक शिक्षक / कर्मचारी पदपुर्ति गर्नु पर्ने बारे योग्यता पुगेका नेपालि नागरिकहरुले सुचना प्रकाशित भएको मितीले १५ दिन भित्र राजश्व तिरेको रसिद सहित दरखास्त दिनु हुन सम्बन्धित सबैका लागि त्यो सूचना प्रकाशन गरिएको थियोे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आलमले रितपुर्वक सबै प्रक्रिया पुरागरी उतिर्ण भइ बैकल्पिकमा रहेका थिए। तर रिना कुमारीले विज्ञान तथा लेखा गरि निमावि र मावि दुइटैमा नाम निकाल्न सफल भएकोले रिना कुमारीले निमावि बाट माविमा न्युक्ती लिए पछि दुइटा सिटका लागि गरिएको विज्ञापन मध्ये आलमको प्रतिस्पर्धी कोहि नरहेकोले आफ्नो न्युक्ती गर्न लाई पुनः निवेदन दिएर दर्ता गराउदा पनि पालिकाले न्युक्ती किन दिनु भएन भने बारेमा सबै संबंधित व्यक्ति संग कुरा गर्दा सबैले मेयर जलन्धर सिंह संग नै कुरागर्नु पर्छ भन्ने सल्लाह दिएका थिए।

Karaiya Mai Notice Winter

शिक्षा शाखा प्रमुख प्रमोद यादव संग आलमले कुरा गर्दा मेयर साहब संग नै भन्न लगाउनु पर्छ मलाई गर्न कुनै समस्या छैन भन्ने प्रतिक्रिया दिएको आलमले बताए। संग संगै अडियो क्लिपनै सुनाएका थिए। ततपश्चात कार्यालय प्रमुख महेश मिश्र संग कुरा गर्दा पनि शाखा प्रमुख यादवकै भाषा प्रयोग गर्दै मेयर साब संग नै सेटिंङ्ग मिलाउनु पर्छ भन्ने जिकिर गरेको बारे प्रतिक्रिया दिएको आलमले अडियो क्लिप सुनाएका थिए।

अदालती प्रक्रियामा किन जानू भएन भन्ने बारेमा आलम संग प्रश्न गर्दा आलमले भने निस्वार्थ भावना भएको भए न्युकति बारे आज मलाई यो पत्रकार सम्मेलन गर्नु पर्ने थिएन, त्यही भएर अदालती प्रक्रिया बाट गराउन सहज थियो। तर भोलि जागिर सुरक्षित नरहने सम्भावनाका कारण सर्व सधारणमा यस्ताकुराको बारे जानकारी हुन आवस्यक देखेकोले आज पत्रकार सम्मेलन गरेको र न्युक्ती कुन कारणले नगरेको जवाफ मात्र पाउने उद्देश्य रहेको आलमले बताए।

नगर प्रमुख पटेल (सिंह) संग बुझ्दा ससक्तको अनुदान आए पछि फेरि बिज्ञापन गरि अर्को प्रक्रिया बाट गर्ने भएको हो र पहिला पालिकाको स्तर बाट गरिएको थियो, अडियो क्लिप बारे बुझ्न खोज्दा कसले के भनेको छ भन्ने बारेमा भन्ने व्यक्तिको कुरा हो म त्यसबारेमा केही बोल्दिन, कुरा लाई बढी न लम्ब्यानु कुरा त्यतिकै हो भनेर सिंहले कुरा काटेका थिए। अरु पश्नको जवफ नै दिन चाह्नु भएन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed