विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिपद सामग्री हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa


बिराटनगर, २०८० असोज ०४ गते ।

Karaiya Mai Notice Winter

आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले सुरक्षा निकायलाई बिपद सामग्री हस्तान्तरण गरेको छ । मन्त्रालयको सभाहलमा आज बिहान एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा शशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख अन्जनी पोखरेललाई बिबिध बिपद सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री कार्कीले सुरक्षा निकाय सुरक्षित भएमा मात्र आम नागरीक सुरक्षित हुने हुँदा सुरक्षा निकायलाई मजबुत बनाउन बिपद सामग्रीहरु उपलब्ध गराईएको बताउनु भयो । यसका साथै बिपद ब्यबस्थापनका बिषयमा प्रदेश सरकार गम्भिर रहेको र सुरक्षाको पहिलो पंत्तिमा रहने नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउने प्रदेश सरकारको लक्ष्य रहेको समेत वाँहाले बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed