विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली काङ्ग्रेस पचरौताको शुभकामना कार्यक्रममा सबै पार्टी लाई चुनौती : रौनियार

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाली काँग्रेस पचरौता बारा द्वारा आज दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । नेपाली काँग्रेस पचरौताका अध्यक्ष मुक्ति राय यादवको अध्यक्षता तथा नेपाली काँग्रेस बाराका सचिव राजेश रौनियारको प्रमुख आतिथ्यतामा कार्यक्रममा गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको आसनबाट रौनियारले काँग्रेस पार्टी राजा तथा राणालाई परास्त गरेको पार्टी हो। सबै भन्दा पुरानो ऐतिहासिक पार्टी भएकोले यस लाई कुनै पनि शक्तिले चाहेर पनि परास्त गर्न वा धारासायी गर्न नसक्ने सबै पार्टी लाई चुनौती समेत दिएका थिए । नेपाली काँग्रेस देशकै ठूलो पार्टीको रुपमा रहेको तर पार्टी भित्रका केही आन्तरिक द्वन्द र अन्तरघात गर्ने नेताहरु लाई समयमै सचेत भइ अगाडि बढ्न आग्रह गरेका थिए।

नेपाल काङ्ग्रेस पचरौताका लागि पनि ठूलो संघर्ष गरेको बारे रौनियारले स्मरण गराएका थिए। पचरौता पहिला सतमौजा गाउँपालिकामा घोषणा भएको बेला कलैया सम्म आन्दोलन गरि पचरौता कायम गराएको छ। पचरौताका जोकोही पनि समस्यामा हुदा हामी सहयोग गरि समस्या समाधान गर्ने गरेका छौ र अगामी दिनमा पनि सहयोग गर्ने छौ, रौनियारले आफ्नो धारणा राखेका थिए। अन्तमा पचरौता बासी तथा सम्पूर्ण श्रद्धालु भक्तजनको शु:ख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथी काङ्ग्रेस बाराका सह-सचिव प्रमोद यादव, नेताहरु चन्द्रिका गुप्ता, गोबारी राय यादव, हरिशँकर साह, अरुण कुमार सिँह, दिपेन्द्र केसरी, लक्ष्मण जैसवाल, पप्पु कुश्वाहा, हरिनाथ यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभगिता रहेको थियो।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed