विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वर्गीय रामभरोष साहको चौधौं वार्षिकी, पाँच पत्रकार सम्मानित

सिम्रौन्गढ़ नपा psa

सिरहा ।

मिर्चैयाका समाजसेवी एवं राजनीतिज्ञ स्वर्गीय रामभरोष साहको चौधौं वार्षिकी सम्पन्न भएको छ । मिर्चैयाको मटियर्वास्थित सामुदायिक भवनमा बुधबार स्मृतिसभा सम्पन्न भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राप्रपाका संस्थापक सदस्य, राष्ट्रिय जनशक्ति पार्टीका सहायक महामन्त्री, नेपाल सुडी समाज कल्याण समितिका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति सिरहाका उपसभापति रहिसकेका साह जिउँदो हुँदा मिर्चैया र समग्र सिरहामा उल्लेख्य योगदान गरेका थिए ।

त्यसैको सम्झनामा रामभरोष साह मेमोरियल मेमोरियल ट्रष्टले मिर्चैयामा प्रत्येक वर्ष स्मृतिसभा कार्यक्रम गर्दै आएको छ । यसैबीच, स्मृतिसभा कार्यक्रममा ट्रष्टले मिर्चैया क्षेत्रबाट जिल्लामा पत्रकारिता गरिरहेका पाँच पत्रकारलाई सम्मानित पनि गरेको छ ।

Karaiya Mai Notice Winter

सम्मानित हुनेहरूमा कान्तिपुर टेलिभिजनका सिरहा जिल्ला प्रमुख विनय आजाद, नेपाल टिभीका संवाददाता श्यामकुमार ठाकुर, रेडियो गंगाजलका प्रमुख सरोजकुमार पासमान, मनकामना पोष्टका रामनारायण ठाकुर र एनएसडब्ल्यू न्यूजका पंकज शर्मा छन् ।

उनीहरूलाई झोला, डायरी र कलमसहित अबिर र गम्छा लगाएर सम्मान गरिएको थियो । देश र समाजको रूपान्तरणका लागि पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको ट्रष्टले जनाएको छ ।

ट्रष्टका अध्यक्ष एवं राप्रपाका केन्द्रीय सदस्य तथा तराई मधेश विभाग प्रमुख रामप्रताप साह (भोला) को अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय साहकी बुहारी एवं मधेश प्रदेशकी सांसद कञ्चन बिच्छा साह प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।

यसैगरी, मिर्चैया नगरपालिकाकी उपप्रमुख जिबछी देवी साह, राप्रपाका केन्द्रीय सदस्य रामनारायण साह (सुनिल), राप्रपाका सिरहा अध्यक्ष सम्भुप्रसाद यादव, नेपाल सुडी समाज कल्याण समितिका अध्यक्ष तुलन महतो, समाजसेवी एवं पूर्वकर्मचारी रामलखन मण्डल, राप्रपाका मिर्चैया अध्यक्ष एक मिर्चैयाका पूर्व गाबिस अध्यक्ष बेचन साहसहित स्थानीय, बुद्धिजीवीलगायत सयौंजना कार्यक्रममा सरिक थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed