CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी सहायक निरीक्षक रामनरेश यादवले मचाए ब्रह्मलुट

फेटा GP PSA
5,335
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको पचरौता नगरपालिका वडा न.४ स्थित रहेको प्रहरी चौकी बेलदारीका इन्चार्ज रामनरेश यादवले ब्रह्मलुट मचाएका छन्। केही दिन पहिला प्रहरी चौकी बेलदारी पुगेका यादव अबैध भट्टी सञ्चालन बापत दररेट कायम गरि भट्टी सञ्चालक बाट २० देखि २५ हजार सम्म असुली गर्ने गरेका छन्। प्रहरी चौकी बेल्दारी अन्तरगत पर्ने गुलरिया बोर्डरमा चार वटा भट्टी र नौ वटा मदिरा पसल रहेको छ। प्रत्येक भट्टी बाट २० र पसल बाट ८ देखि १० हजार सम्म असुली गर्ने गरेको समाचार प्राप्त भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

साथै उक्त अबैधरुपमा सञ्चालन गरिएको मदिरा पसल र भट्टीमा दैनिक सयौंको संख्यामा अपराधिक गतिविधि गराउने गर्ने व्यक्तिहरु भारत बाट आई विभिन्न किसिमका योजन तथा सडयन्त्र गरि कयौ घटना गराउदा समेत प्रहरी मुखदर्शक बनी बसेका छन्। पछिल्लो समया पचरौतामा भएका घटनाहरुसोही चौकमा बसी रक्सी खाई योजना समेत बनाएको कुराको रहस्य बारे केही स्थानीयहरुले कुरा गर्ने गर्छन् तर सोध्दा कोहि ठोस रुपमा बताउदैनन।

Karaiya Mai Notice Winter

वैदेशिक रोजगारमा नलागि आफ्नै घरसमाजमा किराना पसल गरि आफ्नो घरपरिवार चलाउन रोजीरोटीको अधारमा पनि छठ पर्वको अवसरमा यादवले दररेट कायम गरि ब्रह्मलुट मचाएका छन्। उक्त प्रहरी चौकी अन्तरगत पर्ने पकडिया, इनरवा, बेलदारी, गुलरिया लगायतका कयौ पसलेहरु संग १० देखि १५ हजारको दरले असुली गर्ने गरेको समेत नाम नखोल्ने सर्तमा केही पसलेहरुले बताउने गरेका छन्।

किराना पसलेहरुले नजिकैको सिमापारी बाट दुईचार पैसा सस्तो मुल्यमा खरीदारी गरि आफ्नो परिवारको भरनपोषन गर्न धौधौ परेको अवस्थामा महिनवारी तिर्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको पसलेहरुका गुनासो गरेको छ। पसलेहरुले दक्षिणा दिननमाने पछि समातेर केही आफै राख्ने र केही मात्रामा भन्सार बुझाउने गरेको पसलेहरुले बताएका छन्। पहिला गाउँ बस्तीहरुमा रातीको समयमा गस्ती हुने गर्थो तर हालको समयमा कुनै गस्ती नहुने भएको स्थानीयहरुले बताउने गरेका छन्।

अत: यस्ता भ्रष्ट प्रहरी इन्चार्ज लाई समयमै सचेत वा कार्यवाही नगरे पुनः अर्को घटना हुन बाट कसैले रोक्न नसक्ने सम्भावना रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश