
कलैया, बारा।
बाराको फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेकोे मेलामा एक जना महिला सहित ३० जनाले रक्तदान गरेका हुन् ।
गढीमाई साझेदारी बन उपभोक्ता समिती पथलैयाले खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डिभिजन बन कार्यालय सिमराको आयोजना र न्यु होप फाउन्डेशन नेपाल देवतालको सहकार्यमा भएको कार्यक्रममा प्राबिधिक सहयोग रेड क्रसको टोलीले प्रदान गरेको थियो ।




गढीमाई साझेदारी बन समितीका अध्यक्ष कार्यक्रमका सभापति रामएकबाल साह तेली, सब डिभिजन बन कार्यालय पथलैयाको बन अधिकृत ललन राउत र फेटा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष बिगन दास तत्वाले संयुक्त रुपमा रगत सङ्कलन गर्ने पोका प्राबिधिक टोलीलाई हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
कार्यक्रममा गढीमाई साझेदारी बन उपभोक्ता समितीका बरिष्ठ सदस्य अजित राय सिँह ,महिला सदस्य तारा देबी राम, गोपाल साह, प्रहरी नायब निरिक्षक राजन थापा, कलैया १६ का युवा नेता अनिल कुशवाहा, समाजसेवी कृषि प्राविधिक राजेश यादव , फेटा गाउपालीकाका कृषि प्राविधिक संजय कुशवाहा , पत्रकार प्रभु यादव, रंजन यादव, उमेश दुवे, रमेश साह, राजु चौरसिया लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राजेश प्रसाद कुश्वाहाले गरेका थिए ।






1bptg1
o1hhia