विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल अपांग संघ पर्सा द्वारा निशुल्क आँखा शिविर संचालन

सिम्रौन्गढ़ नपा psa

राहुल गुप्ता

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बिरगंज,स्थित गिता मन्दिर प्रागनमा आज निशुल्क आँखा शिविर संचालन भएको छ। नेपाल अपांग संघ पर्साको आयोजनामा सम्पन्न भएको अँखा शिविरमा मार्टिका आई फाउन्डेसनको सहयोग रहेको थियो ।

Karaiya Mai Notice Winter

नारायणी क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष धिरज गुप्ताको प्रमुख अतिथिमा भएको कार्यक्रम अध्यक्षका रुपमा नेपाल अपांग संघ पर्साका अध्यक्ष सम्भु पासवान रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले नारायणी क्षेत्रीय अस्पतालले जनताको सेवाको लागि हरेक सुविधा थप्दै गएको बताए।अहिले नारायणी अस्पताललाई बिरामी उपचारको लागि पहिलो रोजाइमा राख्ने अस्पतालको रुपमा स्थापित गराउन लागि परेको बताए।अहिले अस्पताल अपांग मैत्री हुनुका साथै अपांग ब्यक्तीको सहयोग गर्न आफू २४ औ घन्टा तयारी अवस्थामा रहेको बताए।

सो कार्यक्रम तुलसीको बोटमा पानी हाली प्रमुख अथिती गुप्ताले संचालन गराएका थिए भने कार्यक्रमको सुरु उहाँ कै आँखाको चेकजाँच गरि गरिएको थियो ।

सो कार्यक्रममा अतिथिका रुपमा मदन गुप्ता,राजेश महतो,ओम कुमारी शर्माको उपस्तिथि रहेको थियो । त्यस्तै कार्यक्रमको स्वागत मन्तव्य डा.पुरुसोतम दुवेले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed