विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला प्रहरी कार्यालय पर्सामा बिचाैलियाहरुलाई निषेधित गर्न सेवाग्राहीहरुकाे माग

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १९ पुष वीरगन्ज

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

जिल्ला प्रहरी कार्यालय पर्सालाई बिचौलियाबाट मुक्त बनाउन सेवाग्राहीहरूले माग गरेका छन्।

Karaiya Mai Notice Winter

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार कार्यालय परिसरमा आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागीहरूले बिचौलियाको कारण न्याय पाउन गार्हाे भएको गुनासाे गरे।

 

विभिन्न काम लिएर जिल्ला प्रहरी कार्यालय आएका सेवाग्राही बिचौलियाबाट ठगिने गरेकाले त्यस्ता बिचौलियाहरू फाँट–फाँटमा रहेको गुनासो गरेका थिए। आफूलाई विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता भन्दै बिचौलियाहरूले जिप्रका पर्साको महिला सेल, मुद्दा शाखा, उजूरी शाखा, अपराध अनुसन्धान शाखामा दिनभरि बसेर दुःख दिने गरेको सार्वजनिक सुनवाइमा सेवाग्राहीले गुनासो गरेका थिए। आपसी लेनदेनमा बिचौलियाले काम गराइदिने भन्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको र यस प्रकारको काममा फाँट प्रमुखले सहयोग गर्ने गरेको उनीहरूले बताए।

 

महिला सेल तथा उजूरी शाखामा हुने पञ्चायतीमा बिचौलियाहरूले मिलापत्र रोकेर विवाद उत्पन्न गर्ने र पछि लेनदेनमा काम हुने गरेको सेवाग्राहीहरूको भनाइ थियो। सहभागीहरूले जिप्रका पर्सा मातहत रहेका सेवा शाखाका प्रमुखहरूलाई जनमैत्री कार्य गर्न सुझाए। उनीहरूले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन, निवेदनमाथि छानबीन गरी मात्र मुद्दा दर्ता प्रक्रियामा लैजान, पहिले थुन पछि सुन जस्तो पुराना प्रवृत्ति हटाउन माग गरे।

 

जिप्रका पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बिचौलियालाई कारबाही गर्ने बताए। उनले दिनभरि बिचौलिया कार्यालयमा बसेर सर्वसाधारण र प्रहरीलाई भ्रमित गर्ने काम अबदेखि नहुने बताए। उनले महिला सेलमा हुने अनावश्यक भीड नियन्त्रण गर्ने बताए। प्रहरी कर्मचारीबाट कुनै किसिमको ढिलासुस्ती भएको पाइएमा गुनासो गर्न उनले आग्रह गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed