विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आइ.भि.एफको सेवाबाट बीरगंज ईस्थित सुर्या हस्पिटलमा तिन वटा सन्तान जन्मिए

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २ माघ वीरगंज

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आइ.भि.एफको सेवाबाट सुर्या हस्पिटलमा तिन वटा सन्तान जन्मिएका छन्। पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका वडा नं २ मा अवस्थित सुर्य हस्पिटल प्रा.लि.ले आफनै अस्पतालमा पत्रकार सम्मेलन गर्दै आस्पताल कि संचालिका डा.मोनिका यादव सिंहले भिन्न जन सेवामा समर्पित सुर्या अस्पताल आज यहाँहरुको अपार माया र साथले बिभिन्न उपलब्धीहरु हासिल गर्दै आएको छ। अस्पतालको स्थापनाकाल देखि नै निरन्तर नेपालको बिभिन्न भुभाग तथा बिशेष रुपमा मधेश प्रदेश तथा

छिमेकी मुलुक भारतका जटिल बिरामीहरुको पुर्णसफल उपचार गर्न पनि सफल रहदै आएको पत्रकार सम्मेलनमा बताएकि छिन।

पछिल्लो समय अस्पतालमा आई.भि.एफ सेवा प्रदान गरी बाहिर महंगो उपचार सेवा लिन जाने बाध्यतालाई समाप्त गर्दै आफनै स्थानमा सरल तथा सहज तवरबाट प्रदान गरेको बताइन। यो सेवा सुरु भएदेखि नै यस सेवाबाट सयौको संख्यामा निसन्तान आमा बुबाहरुको लागि सुनौलो उपहार पनि प्रदान गरेको बताइन।

Karaiya Mai Notice Winter

आई भि.एफ. सेवाबाट मिति २०८० माघ ०१ गते सर्लाही जिल्ला कबिलासि नगरपालिका वडा नं ७ बस्ने एक दम्पत्तिले बिवाह भएको १५ बर्ष पछि ३७ बर्ष कि उमेरमा तिन (३)वटा संतान लाभ प्राप्त गरेकि छिन्।तिन संतान मध्ये २ बटा छोरी र एक छोरा रहेको छ।

बच्चा जन्माइकि दम्पतीको परिवारिक भनाइ अनुसार धामि झाक्री लगायत आयुर्वेदिक डक्टर, बिभिन्न अस्पतालमा उपचार गराउँदै गराउदै एक ब्यक्तिले भन्यो कि वीरगंज स्थित सुर्या अस्पतालमा जानु त्याहा तपाइको समस्या समाधान हुन्छ त्यहि कुरा सुनेर यहाँ उपचार गराए र सन्तान जन्माउन सफल भएकी बताइन।

जन्मेका तिन वटा शिशुको तौल प्रथम छोरी २.५ के.जी,दोस्रो छोरी २.५ के.जी, तेस्रो छोरा १.५ के .जी रहेको अस्पताल व्यवस्थापन तथा यस उपचारमा संलगन बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.मोनिका यादव सिंहले पत्रकार सम्मेलनमा बताइन्। साथै निकै खुशी लागेको छ भन्दै अहिले हाम्रो सफलता दर दिन प्रतिदिन १००% नै पुगेको जानकारी गराइन।

साथै आउँने दिनमा यस प्रकारका सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने पनि सुर्या अस्पताल कि संचालिका तथा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले पत्रकार सम्मेलनमा प्रतिबद्धता व्यक्त गरकि थिइन्।

पत्रकार सम्मेलन सुर्या अस्पताल कि संचालिका तथा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मोनिका यादव सिंहकि अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा डा.सरोज कुमार सिंह,डा.कुमार डिगम्बर,डा.कुशराज गिरीको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed