विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिरगंज यातायातमा अधिकृत केबिन्द्र यादव,रघुनन्दन साह र सुरेन्द्र राय यादवको दादागिरीबाट सेवाग्राही दुखी

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १५ माघ बीरगंज

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

भ्रष्टाचारमा सब भन्दा गिजाइएको ठाउँ अहिले बिरगंज यातायात ब्यवस्था कार्यलय बन्दै गएको छ । सब भन्दा बढी घुसखोरी हुने ठाउको रुपमा बिरगंज यातायात ब्यवस्था कार्यालयलाई लिन सकिन्छ । यहाँ लाइसेन्स बनाउन नाम सारी गर्न लगायत अरु कामको लागि करोडौंको घुसखोरी हुँदै आएको छ ।

Karaiya Mai Notice Winter

अहिले यातायात ब्यवस्था कार्यालयमा सरुवा भएर आउने कर्मचारीहरुले प्रदेश सरकारका मुख्य सचिव हुँदै मुख्यमन्त्री सम्मलाई मोठो रकम दिएर सरुवा गराएर आउने गरेको चर्चा चारै तिर हुने गरेको छ।यसैको उधारण बनेका छन बिरगंज यातायात ब्यवस्था कार्यलय बिरगंजका छैटौं तहका कर्मचारी केबिन्द्र यादव। केबिन यादव तीन महिना पहिले बिरगंज यातायात कार्यालयबाट सरुवा भएको थियो भने उनले आफ्नो सरुवा रोक्नका लागि मुख्यमन्त्री कार्यलय जनकपुरका मुख्य सचिवलाई भेटी चढाइ आफ्नो सरुवा रोक्न सफल भएका छन ।

घुसखोरीमा सब भन्दा औवल मानिएका उनी आफ्नो सरुवा रोक्नका लागि लाखौं लाख खर्च गरेको चर्चा परिचर्चा हुँदै आएको छ । केबिन्द्र यादवको साथ साथै अहिले सहलेखापाल रघुनन्दन कुमार साह,एकाउन्टेन्ट सुरेन्द्र राय यादव लगायतलाईको सरुवा भए पनि मोटो रकम बुझाएर बिरगंज यातायात कार्यलयमा नै डेरा जमाएर बसेका छन ।

भ्रष्टाचारमा लिप्त हुने गरेका यस्ता कर्मचारीहरु सरुवा भएर पनि अरु ठाउमा नगइकन बिरगंज मा नै बस्नु मोटो रकमको लेनदेन भएको गन्ध आउन थालिएको लेखनदासहरु ले नै बताउने गरेका छन। यातायात व्यवस्था कार्यालय वीरगंजका एक जना कर्मचारीका अनुसार नेपाल सरकार अन्तर्गत रहेका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको लापरवाहीकै कारण वीरगंजमा भ्रष्टाचारी मात्र आग्मन हुने गरेका छन,जसका कारण स्वच्छ वातावरणले काम गर्न नसकेको उनले बताए।

अहिले यिनिहरुले मोटरसाइकल को लाइसेन्स बनाए बापत अहिले १५ हजार सम्म घुस लिने गरिएको छ भने कारहरु को लाइसेन्स बनाउन २५ हजार सम्म घुस लिनेगरेको  चारै तिर चर्चा हुने गरेको छ । यिनिहरु को कारण सेवाग्राहिहरु मर्का मा पर्ने गरेका छन । कागजातहरु पुरै सहि भए पनि बिना पैसा फाइल अगाडि नबढाउने त्यस्तै बिचौलिया मार्फत आएको फाइलहरु को काम धमाधम अगाडि बढाउने गरेका सेवाग्राहीहरु ले बताउने गरेका छन । यस्ता घुसखोर भ्रष्टाचारीहरु लाई अहिले सम्म अख्तियार अनुसन्धान ले पनि केही कार्यावाही नगर्नु सन्खा को विषय बनेको छ। यिनिहरु ले आफुहरु लाई अख्तियार ले केही नगर्न सक्ने तथा अख्तियार मा आफ्नो ठूलो पहुच भएको बताउदै हिडेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed