विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महानगरपालिका र विद्युत प्राधिकरणको लापरवाहिले छपकैया बासी पिडित

सिम्रौन्गढ़ नपा psa

वीरगंज ।।  वीरगंज महानगरपालिका वडा नं. २ छपकैया तुथबारी टोलवासी बिगत ४ वर्ष देखि विजुली, नाला तथा बाटोको समस्या खेप्दै आए पनि सम्बन्धित निकाय लापरवाह भएको आरोप लगाएका छन् । टोलमै शनिवार बसेको स्थानियबासीहरुको बैठकले बिगत ४ वर्ष देखि समस्या समाधानको लागि वीरगंज महानगरपालिका कार्यालय र नेपाल विद्युत प्रधाकिरण पर्सालाई बारम्बार ताकेता गर्दा पनि कुनै वास्ता नगरेको आरोप लगाएका छन् ।

सो टोलमा बाटो एकदमै सांगुरो र नाला समेत नभएकोले आपत्तविपत्त पर्दा एम्बुलेन्स र वारुण यन्त्र समेत जाने बाटो नभएको जनाएका छन् । वीरगंज महानगरपालिका कार्यालय र वडा कार्यालयमा स्थानियबासीहरुले बारम्बार बाटो निर्माणको लागि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराए पनि हाल सम्म सुनवाई नभएको स्थानिय समिना खातुनले गुनासो गर्नु भयो । साथै सो टोलमा बिगत ४ वर्ष देखि विजुलीको पोल भए पनि तार जडान नभएको तथा केहि पोलहरुमा तार जडान भए पनि तार बाटोमै झुण्डिएकोले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै चिन्तित बनेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

झुण्डिरहेको तारलाई व्यवस्थापन गर्न स्थानियबासीहरुले २०७३ पुस ७ गते देखि नै बारम्बार विद्युत प्राधिकरण पर्सामा निवेदन दिंदा समेत कुनै वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् । हाम्रा समस्याहरु एक हप्ता भित्र समाधान नभए संघर्ष समिति बनाएर कडा आन्दोलन गर्ने स्थानिय नेकपाका युवा नेता शेख मुन्नाले चेतावनी समेत दिनु भयो । युवा नेता शेख मुन्नाकै सभापतित्वमा भएको सो बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बाबुराम कौशिक, पूर्व वडा अध्यक्ष प्रदीप कुर्मी, अधिकारकर्मी हरेन्द्र पटेलले टोलबासीको समस्या समाधानका लागि आफुहरुले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed