CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लाइसेन्सको ट्रायलमा फेललाई सेटिङमा पास गराउँदै यातायात कार्यालय वीरगंज

फेटा GP PSA
10,275
सिम्रौन्गढ़ नपा psa

वीरगंज – यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश रेग्मीको मिलोमतोमा यातायात कार्यालयमा व्यापक रुपमा भ्रष्टचार बढेको छ। यातायात कार्यालय का प्रमुख रेग्मीले आफ्नो बिश्ववास पात्रको मार्फत रकम बुझि नयाँ लाईसेन्सहरु दिदै आएका छन।

यातायात कार्यालय वीरगंजमा पैसाको भरमा लाईसेन्स बनाउदै गरेको रहस्य खुलेको छ । सवारी चालक पत्र बनाउनको लागि आएका सेवाग्राहि सित ४. बिचौलीयाहरु मार्फत मोटो रकम लिएर लाईसेन्स दिदै आएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यातायात कार्यालयको प्रमुख उमेश रेग्मीले कार्यालय भित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले लिखित र ट्रायल परिक्षाको भिडियो ईडिटिङ्ग गरि ठुलो रकम लिई पास गराउने गरेको स्रोतले जनाएको छ। यातायात कार्यालय पर्साका प्रमुख रेग्मीले परिचालन गरेका बिचौल्लीयाहरुले सेवाग्राहीले छिटोभन्दा छिटो लाईसेन्स दिलाईदिन्छु भनि हजारों हजारों पैसा सेवाग्राहीहरु शीत उठाई रेग्मीलाई बुझाई नयाँ लाईसेन्स दिने गरेको स्रोतको दाबी छ।

Karaiya Mai Notice Winter

त्यसै गरि यातायात भईरहेको भष्ट्रचारी रोक्नको लागि ट्रायल सेन्टरको ग्राउणडमा सिसि क्यामेरामा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाईसेन्स दिने गरेको पाएको छ। यसरीनै मोटरसाइकलको लाईसेन्सको लागि १५ हजार र ठुलो चार चक्का सवारीहरुको २५ हजार र हेबी गाडीको लाईसेन्सको लागि ५० हजार ७५ हजार लिएर फेल भएका हरुलाई पैसा लिएर लिखित र ट्रायलमा फेल हुनेहरुको पास गराउने गरेको स्रोतले दाबि गरेका छन्। रेग्मीले आफ्नो विश्वासपात्रलाई मन्त्रालय देखि लिएर पत्रकार, पुलिस सम्म मिलाउन जिम्मा दिएका छन्।

विश्वासपात्र रहेका नै बिचौल्लीयाहरुले दर्ता नम्बर लिखाई प्रति लाईसेन्सको १० हजार देखि लाखौं रुपैया सम्म लिई लाईसेन्स दिलाउने गर्छन। एक कर्मचारीको अनुसार यातायात कार्यालय प्रमुख रेग्मी पछि कार्यालय भित्र आदेशनै चल्दै अाएको बताएका छन्। त्यसैगरि हाकिम रेग्मी भएपनि विश्वासपात्रको ईसारामा नै कुनै किसिमको काम हुने गरेको बताएका छन्।

यसरीनै बुधवार भएको लिखित परिक्षा र बिहीबार भएको ट्रायलको परिक्षामा अधिकान्स मान्छे फेलभएपनि बिचौल्लीयाहरु मार्फत रेग्मीले मोटो रकमको नजराना बुझिपास गराएको तथ्यांक प्रमाणको लागि हामी संग सुरक्षित रहेको छ।

यातायात व्यवस्था कार्यालयका प्रमुख रेग्मीले अख्तियार संग आफ्नो सेटिङ्ग रहेको बताउदै धमाधम मोटो रकमको नजराना बुझि नयाँ लाईसेन्स दिदै आएपनि अख्तियार मौन बस्नु शंकाको बिषय बनेको छ। नारायणी यातायता कार्यालय पहिले पनि बदनाम छ।घुस लिँदालिँदै कर्मचारी पक्राउ पर्नु नारायणी यातायात कार्यालयमा सामान्य घटना जस्तै छन्। यातायात कार्यालयमा यस्ता गतिविधि भईरहेको हुदा पनि समबन्धित निकाय तथा अख्तियारको ध्यान जान यति अवशयक देखिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश