विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हातमा कालो पट्टि बाँधेर कार्यक्षेत्रमा गए पत्रकार

सिम्रौन्गढ़ नपा psa

उषा सरदार ।
विराटनगर, जेठ १ ।
नेपाल सरकार मन्त्री परिषदबाट पारित भई २०७६ बैशाख २६ गते संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका प्रावधानहरुप्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषणा बमोजिम मोरङका पत्रकारहरुले आज हातमा कालो पट्टि बाँधेर कार्यक्षेत्रमा गएका छन ।

उक्त विधेयकमा पत्रकारलाई दण्ड र जरिवाना दिने कुराले मीडियामाथी अङकुस लगाउने कार्य भएको हुँदा उक्त विद्येयकप्रती गम्भीर ध्यानाकर्षण गर्दै महासंघ केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयका पत्रकारहरु मार्फत कालो पट्टि बाँधेर कार्यक्षेत्रमा गई विरोध जनाईएको हो । नेपाल पत्रकार महासंघका एक पत्रकार भन्छन, ”हामी जिम्मेवारीपुर्ण पत्रकारिता गर्न सचेत र सक्षम छौ, त्यसको लागि विद्येयक नै ल्याउनु पर्दैन ।”

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल पत्रकार महासंघ मोरङ्ग शाखाका अध्यक्ष बन्धु पोख्रेलका अनुसार पत्रकारले कसैको मान, मर्यादा र प्रतिष्ठामा असर पुर्‍याउने खालको समाचार प्रकाशन गरे गराएमा वा त्यस किसिमको उजुरी परेमा २५ हजारदेखि १० लाखसम्मको जरिवाना र १५ बर्षसम्म कैद सजाय हुनसक्ने विद्येयक बनेको र राज्यपक्षको निकायहरुले पत्रकारलाई तह लगाउनुपर्छ भन्ने सोच राखेकाले हामी आफैपनी सच्याएर जानुका साथै एकबद्ध भएर यो अभियानमा लाग्नुपर्ने बताए ।

पोख्रेलले जेठ ३ गते काठमाडौंमा संसद भवन अगाडि र जिल्लाका सदरमुकामहरुमा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको हुँदा सम्पूर्ण पत्रकारहरुलाई उक्त कार्यक्रममा सहभागी भईदिनुहुन पनि आग्रह गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed