विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवासँघको २९ औ स्थापना दिवसको अवसरमा रक्तदान

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।। सेवा नै धर्म हो भन्ने मुल मान्यताका साथ मानव लाई सेवा गरि मानव जीवनमा मानवीय सेवामा सबैलाई चेतना होस भन्ने उदेश्यले रक्तदान गरिएको छ।

बारामा युवासँघ नेपालको २९ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कलैया उपमहानगरपालिकाको मुख्य चौकमा युवासँघले बुधवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रक्तदान कार्यक्रममा रमेश साह, सरोज कुमार साह, हरिओम साह, दिनेश यादव लगायत ६० जना पुरुष र पाँच जना महिला सहित ६५ जनाले रक्तदान गरेका थिए ।

Karaiya Mai Notice Winter

रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य दिनेश राईले देशको मेरुदण्ड भनेको युवा नै रहेको बताए । रगत नभई नहुने अति आवश्यक रसायन भएकोले सवैजनाले रक्तदान गर्नु पर्ने सुझाएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य महमद समिरले रगतले जात धर्म भेषभुषा हेर्ने नभएकोले यो एकमात्र यस्तो बहुमुल्य वस्तु हो जसले समाजमा सदभाव कायम गरेको बताए ।

नेकपाका जिल्ला अध्यक्ष अनिल श्रेष्ठले युवासँघको बारे चर्चा गरेका थिए । रक्तदान गनु्र्र सबभन्दा ठुलो दान भएको उनले बताए ।

कार्यक्रममा वडाध्यक्ष जलालउदिन मसुर, रामअयोध्या मण्डल, श्री प्रसाद पासवान, रविन्द्र श्रेष्ठ, अर्जुन शर्मा, बतुह यादव, प्रभु यादव, युवा नेता मुकेश साह, रमेश साह, लयागत सहभागिता रहेको युवा नेता हरिओम साह कानुले बताएक छन ।

जिल्ला अध्यक्ष रामदिनेश यादवको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको सञ्चालन सरोज कुमार साहले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed