CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया सिटी जेसिज द्वारा मेहन्दी कला प्रतियोगिता आज बाट सुरुवात भोलि समापन हुने

फेटा GP PSA
4,815
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

लैया सिटी जेसिज द्वारा मेहन्दी कला प्रतियोगिता आज बाट सुरुवात भोलि समापन हुने भएको छ। मेहन्दी कला प्रतियोगिताले खास गरि महिलाहरु लाई आत्म निर्भर बनाउने उद्देश्यले प्रतियोगिता गराई रहेको २०२४ का अध्यक्ष पवन कुशवाहाले जनाएका छन्। श्री राधेकृष्ण मेहन्दी ट्रेनिंग सेन्टरकी सञ्चालिका स्वेता गुप्ता निर्णायक प्रमुख तथा सह निर्णायकमा भारती चौधरी सहकार्य प्रतियोगिता भैइरहेको आयोजक जेसिज २०२४का महासचिव राजकुमार गिरीले जनाएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ट्रेनिंग सेन्टरकी सञ्चालिका स्वेता गुपताका अनुसार बारा र पर्सा गरि २९ जना सहभागिता जनाएका छन्। जस मध्ये एक जना पुरुष पनि सहभागी रहेका छन्। गुप्ताले कल्पना भन्दा बाहिर रहेको कुराहो कला र यस मेहन्दी कला बाट महिला होस वा पुरुष जोकोही पनि आत्म निर्भर हुन कुनै संका उपसंका नरहेको बताइन। यो मेहन्दी कला पौराणिक कालदेखि नै निकै महत्त्वपूर्ण रहेको छ।

धार्मिक महत्व

मेहंदी जसलाई हिना पनि भनिन्छ, हिंदू धर्मको अनुसार सोर्हौ श्रंगार मध्ये एक यो पनि श्रींगार हो। वास्तविक एक मेंहदी एक विरुवा हो, जसको पत लाई राम्ररी पीसेर लेप बनाइन्छ र उक्त लेप लाई हाथ, खुट्टा, नंग तथा हत्केलाको माथिलो भाग आदि मा लगाउने गरिन्छ। लगाएको केही घण्टा पछि रचना गरिएको लाल-मैरून रंग हुने गर्दछ, जुन लगभग हप्ता सम्म रहन्छ।

Karaiya Mai Notice Winter

मेहंदी को वानस्पतिक नाम ‘लॉसोनिया इनर्मिस’ हो र यो लिथेसिई कुलको काडा भएको एक बिरुवा हो जुन उत्तरी अफ्रीका, अरब देश, भारत तथा पूर्वी द्वीप समूहमा पाउने गरिन्छ। हिना भनेको एक फुल फुल्ने बिरुवा हो।

हिंदू पौराणिक कथा अनुसार, ‘जब मां दुर्गा, देवी कालीको रूप मा राक्ष लाई संहार गरिरहेकी थिइन, त्यो क्रोधमा देवी लाई त्यो कुराको अभाष थिएन कि उनको निधार दैत्यको रगत बाट पुरै भरेको थियो र दैत्यहरुको संहार भैइ सकेको तर उनको रुप असाध्यै भयावह रहेको थिय। देवीको त्यो रूप देखेर ऋषि-मुनि अन्य देवता हैरान रहेका थिए। सबै देउता देवराज इंद्र कहाँ पुगे र अवगत गराउदा भगवान इन्द्रले मां कालीको रिष शान्त गर्न मात्र भगवान शिव बाहेक कसैले गर्न नसक्ने बताए । तत: पश्चात् सबै भगवान शिव कहाँ पुगेर प्रार्थना गरे अनुसार भगवान शंकरले प्रार्थना स्विकार्दै शान्त गर्न पुग्दा मां महाकाली देवीले आफ्नो इक्षा शक्ति बाट एक देवी लाई प्रकट गरिन, जुन सुरसुंदरी को नाम बाट अलंकरित गरिएको थियो, र त्यो मां कालीको आदेशानुसार औषधि बनेर हाथ-खुट्टामा सजियो। त्यही बेला देखि मेहंदी लाई औषधि मानिने गरिन्छ, त्यहि यो मेहंदीको बिरुवा पूजा साधनाको एक आवश्यक अंग मानिने गरिन्छ।

आयुर्वेदमा मेहंदीको महत्व

मेहंदी श्रृंगारको साथ साथै आफ्नो आयुर्वेदिक महत्व पनि रहेको छ। मेहंदीको पतमा एउटा तत्व पाइन्छ जुन खाद्य पदार्थ लाई दुसित गर्ने किटानु लाई नष्ट गर्ने काम गर्द छ। मेहंदीको छालको प्रयोग पीलिया, बढे़ हुए जिगर तथा तिल्‍ली, पथरी, जलन, कुष्‍ठ एवं चर्म रोग हरुमा प्रयोग गर्ने गरिन्छ। मेहंदीको चूर्णमा अलिकति नींबूको रस मिलाएर हाथखुट्टाको नंगहरुमा लेप लगाउदा नंगहरु रुखोपन समाप्त हुनुको साथै चम्किलोपन पनि हुन्छ।

आजको उद्घाटन समारोह वर्ष २०२४ का अध्यक्ष जेसी पवन कुशवाहाको अध्यक्षता तथा पुर्व मेयर राजेश राय यादवको प्रमुख आतिथ्यतामा गरिएको हो। विशिष्ट आतिथिको रुपमा श्री राधेकृष्ण मेहंदी ट्रेनिंग सेन्टरकी सञ्चालिका स्वेता गुप्ता, एवं अतिथी वर्ष २०१६का अध्यक्ष जेसी रामबाबु कुशवाहा, २०१८का जेसी धनिलाल सरराफ, २०१९का जेसी राजेश प्रशाद कुशवाहा, ०२०का जेसी बिपिन चौधरी, ०२४का अध्यक्ष सल्लाहकार तथा ०२१का अध्यक्ष जेसी शम्भु गुप्ता, २०२४का बोर्ड का.का उपाध्यक्ष जेसी गणेश शर्मा, जेसी प्रदिप कुशवाहा, उपाध्यक्ष जेसी आकाश गुप्ता, उपाध्यक्ष जेसी शेसनाथ पासवान, वर्ष २०२४का तालिम संयोजक मुकेश सवर्णकार, सदस्य जेसी मानिकचन साह, मिडिया संयोजक जेसी संदिप यादव, लगायको उपस्थिति रहेको थियो।

आजको प्रतियोगितामा टौप लिस्टमा पर्न सफल रहेका सहभागीहरुमध्ये कल्पना साह, कृतिका कुमारी, मनिसा गुप्ता, सेलिना केशरी, सोनी सरराफ, सोनु सहनी, सोपृया प्रजापति, सुस्मा चौरसिया, नेहा केशरी, जिया सरराफ लगायतका सहभागीहरुको बारेमा निर्णायक मण्डलकी स्वेता गुप्ता र भारती चौधरीले बताएकी छिन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश