CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वास्थ्य बीमा भएका बिरामीहरूलाई संजीवनी अस्पतालमा उपचार सहज

फेटा GP PSA
386
सिम्रौन्गढ़ नपा psa

विराटनगर: पूर्वी नेपालको व्यापारिक केन्द्र कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको अत्याधुनिक सुविधा सम्पन्न संजीवनी हस्पिटल एण्ड आई.भी.एफ. सेन्टर प्रा.लि. मा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विराटनगर-५, हस्पिटल चौकमा अवस्थित यस अस्पतालले विभिन्न विशेषज्ञहरुद्वारा सेवाहरू प्रदान गर्दै आइरहेको छ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको लामो समयको अनुभव भएको यस संजीवनी हस्पिटल एण्ड आई.भी.एफ. सेन्टर प्रा.लि. मा स्वास्थ्य उपचार सेवा लिन आउने मानिसहरूलाई बिना झन्झट शान्त वातावरणमा अनुभवी चिकित्सकहरूको निगरानीमा र सौहार्दपूर्ण वातावरणमा स्वास्थ्य उपचार हुने हुँदा बिरामी पनि ठीक हुन समय नलाग्ने गरेको एक बिरामीका आफन्त बताउँछन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विराटनगरमा रहेका अन्य अस्पतालहरु सरह संजीवनी हस्पिटल एण्ड आई.भी.एफ. सेन्टर प्रा.लि.मा पनि भीडभाड देखिए पनि स्वास्थ्य बीमा कार्यक्रम भएका व्यक्तिहरूलाई अन्य अस्पताल जस्तो बिलिङ् गर्न, औषधि किन्न र अन्य कार्यको लागि लाइन बस्नुपर्ने बाध्यता नरहेको बताउँछन्। जसले गर्दा कम भन्दा कम खर्च र कम समयमा निजी अस्पतालमा बीमा कार्यक्रमद्वारा स्वास्थ्य उपचार गर्न पाउँदा बिरामी तथा आफन्तहरूलाई ज्यादा आर्थिक भार पनि नपर्ने देखिन्छ।

Karaiya Mai Notice Winter

संजीवनी हस्पिटल एण्ड आई.भी.एफ. सेन्टर प्रा.लि. अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम मार्फत उपचार सेवा लिन बिरामीले आफ्नो स्वास्थ्य बीमा गराई तोकिएको नजिकको स्वास्थ्य चौकी वा अस्पतालबाट संजीवनी हस्पिटल एण्ड आई.भी.एफ. सेन्टर प्रा.लि. अस्पताल रेफर पुर्जी लिएर आउनुपर्ने हुन्छ। रेफर ल्याएर अस्पताल आइसकेपछि अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) सहित जटिल रोग तथा शल्यक्रियाहरु पनि स्वास्थ्य बीमाबाट नै हुने गरेको अस्पतालका प्रशासनले बताए।

अस्पताल प्रसाशनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको लागि यस अस्पतालमा अनावश्यक झन्झट नहुने भएको हुनाले अहिले स्वास्थ्य सेवा लिन आउने बिरामीहरूको रोजाइको गन्तब्य बनेको छ। र यस अस्पतालबाट स्वास्थ्य सेवा लिएर ठीक भइसकेका मानिसहरु पनि स्वास्थ्य उपचारको लागि संजीवनी अस्पताल नै रोज्ने सल्लाह दिनेगरेको बिरामीहरु स्वयम् बताउछन्। जसले गर्दा संजीवनी हस्पिटल एण्ड आई.भी.एफ. सेन्टर प्रा.लि. लोकप्रिय बन्दै गएको छ।

अस्पतालमा वरिष्ठ चिकित्सक डा. सैयद वकार अहमद, डा. सुमित घिमिरे, डा. प्रेशी पन्त, डा. अबुल कलाम, डा. प्रेरणा दाहाल र डा. बिशाल अग्रवाल सहित उच्च गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न क्षेत्रका अनुभवी विशेषज्ञहरूको टोली रहेको छ। अस्पतालमा फिजिसियन, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, प्रजनन् विशेषज्ञ र जनरल सर्जन लगायतका विशेषज्ञहरूको सेवा उपलब्ध छ। साथै, अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, आई.सी.यु., एन.आई.सी.यु., पी.आई.सी.यु., भेन्टिलेटर, डिजिटल एक्स-रे, र कम्प्युटराइज्ड ल्याबहरुको सेवाहरू प्रदान गर्दछ।

त्यसैगरी ग्यास्ट्रोएन्टेरोलोजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, दूरबिन द्वारा सल्यक्रिया जस्ता विशेष सेवाहरू पनि रहेको यस अस्पतालमा सम्पूर्ण शल्यक्रिया, मूत्र रोग उपचार र प्रजनन स्वास्थ्य सेवाहरू पनि प्रदान गर्दछ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश