विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जननायक बिपिले देखेका सपना पूरा गर्न  काङ्ग्रेस  कार्यबाहक सभापति रामनारायण कुर्मी

जननायक बिपिले देखेका सपना पूरा गर्न नेपाली काङ्ग्रेस एक भैइ अगाडि बढ्न जरुरी :- कार्यबाहक सभापति रामनारायण कुर्मी

सिम्रौन्गढ़ नपा psa

राहुल गुप्ता

आज बिपि जयन्ती,नेपाली काङ्ग्रेसका सस्थापक नेता बिपि कोईराला प्रती भावपुर्ण श्रर्दान्जली गर्दै उहाले देश र जनताका लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको एक सय एघारौं औं जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय,बिपी सङ्ग्रहालय, सुन्दरीजल लगायत देशका विभिन्न ठाउँमा सोमबार विपीलाई सम्झने विभिन्न कार्यक्रमको आयोजना गरिँएको छ ।

नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श,मूल्य र मान्यता अझ सान्दर्भिक रहेको छ ।

विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए ।

विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए।

भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो ।

विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।

Karaiya Mai Notice Winter

विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।

विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।

साहित्यकार कोइरालाका तीन घुम्ती,सुम्निमा,
नरेन्ऽ दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।

कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम्् जीवनी सङ्ग्रह प्रकाशित छन् ।

नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ ।

कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

त्यसैगरी बि.पि कोइराला को १११ औ जन्मजयन्तीको अवसर मा नेपाली कांग्रेस पर्सा जिल्ला कार्यबाहक सभापति रामनारायण कुर्मीले जननायक विपीले देखेका सपना पूरा गर्न हामी नेपाली कांग्रेस एक भई नेपाली कांग्रेसलाई बलियो बनाउन अगाडि बढ्नु पर्ने बताए ।

उनले बि.पि कोइराला बारे भन्नू पर्दा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेर अगाडी बढेको उनको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण रहेको कुर्मीले जोड दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed