विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आपसी भाइचारा कायम राख्न अभिषेक गिरीद्वारा मोहम्मद जयन्ती’ को अवसरमा मुस्लिम समुदायलाई सहयोग

सिम्रौन्गढ़ नपा psa

विराटनगर / इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व ‘मोहम्मद जयन्ती’को अवसरमा कोशी सुधार अभियानका संयोजक तथा युवा नेता अभिषेक गिरीले मुस्लिम समुदायप्रति एकता र सद्भावको सन्देश दिएका छन्। सोमबार विराटनगरको विजुली अफिस अगाडि आयोजित एक कार्यक्रममा गिरीले मुस्लिम समुदायका सदस्यहरूलाई पानी र बिस्कुट वितरण गरे।

“सेवा नै धर्म हो” भन्ने नारासहित आयोजित यस कार्यक्रममा गिरीले धार्मिक एकता र सम्मानको महत्त्वमाथि जोड दिए। उनले भने, “मुस्लिम समुदायको यो पर्वमा हिन्दू धर्मावलम्बी भएर पनि सहानुभूति र एक्यबद्धता देखाउनु हाम्रो कर्तव्य हो।” गिरीका अनुसार यस्ता गतिविधिले समाजमा धार्मिक सहिष्णुता र भाईचारा बढाउन मद्दत पुर्याउँछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मोहम्मद जयन्ती, जसलाई ‘इद मिलादुननबी’ पनि भनिन्छ, इस्लाम धर्मका संस्थापक हजरत मोहम्मदको जन्मदिनको रूपमा मनाइन्छ। यस अवसरमा मुस्लिम समुदायले विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्छन्।

Karaiya Mai Notice Winter

गिरीजस्ता युवा नेताहरूको यस प्रकारको पहलले बहुधार्मिक नेपाली समाजमा धार्मिक सहिष्णुता र एकता प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

गिरीले थपे, “हामी सबै धर्मको सम्मान गरेर मात्र समाजमा साँचो भाईचारा कायम गर्न सक्छौं।” उनले लामो समयदेखि मुस्लिम पर्वहरूमा यस्ता एकता र भाईचाराका सन्देशहरू फैलाउँदै आएका छन्।

यस प्रकारका पहलहरूले नेपालको धार्मिक विविधतालाई सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed