विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एक हप्ता भित्र फिर्ता गरि विधिविधान अनुसार वितरण गर्न आग्रह

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

नेपाल विद्यार्थी संघ बाराले शुभ दिपावली, तिहार र छठ पर्वको शुभ अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला अध्यक्ष प्रवीण पटेलको अध्यक्षता तथा नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सचिव राजेश रौनियारको प्रमुख आतिथ्यतामा भएको थियो।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कानु समाजको सभा हलमा गरिएको कार्यक्रममा कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सचिव रौनियारले नेपाली कांग्रेसमा केही सुधार गर्नुपर्ने पक्ष रहेको छ, र नेवि संघ जहिले पनि विद्यार्थी तथा समाजको हकहितमा नै सधै कार्य गर्दै आएको सर्वविद नै रहेको छ। तर अरु पार्टीको जस्तै हनुमान वा दास नरहेको भन्दै नेविसंघ लाई हरेक विद्यालय र कलेजमा रहेको विकृति विसंगति विरुद्ध लड्न लाई कसैको इशारा वा आदेशको पर्खाईमा बस्नु पर्ने बाध्यता नरहेको उल्लेख गर्दै अगाडि बढ्न लाई संकेत गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाली कांग्रेसमा विधि विधान सम्बद्ध मिचेर क्रियासिल सदस्यता वितरण गरिएको लाई एक हप्ता भित्र फिर्ता गरि विधि विधान अनुसार वितरण गर्न आग्रह गरेका छन् । रौनियारले श्री नारायण यादवको हत्यारा लाई तत्काल पक्राउ गरी कारवाही गर्न माग समेत गरेका थिए। शुभ दिपावली, तिहार र छठ पर्वको शुभकामना कार्यक्रम राखेकोमा नेविसंघ लाई हार्दिक अभार व्यक्त गर्दै धन्यवाद ब्यक्त गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सह सचिव प्रमोद यादव, पुर्व क्षेत्रीय सभापति फुलमहम्मद मन्सुर, राजेश सिंह, नेबिसघ का केन्द्रिय सदस्य हरि ओम साह, बिनय राज शर्मा, प्रभात सिंह, प्रशान्त रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए। उक्र कार्यक्रममा नेबिसघ जिल्ला कार्य समितिका पदाधिकारी, सञ्चारकर्मी, नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको विनय शर्माले जानकारी गराएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed