विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कायस्थ जातीले आफ्नो अराध्य देव भगवान चित्रगुप्तको गरे विधिवत पुजा

सिम्रौन्गढ़ नपा psa

कलैयाबारा।

चित्रगुप्त भगवानका वंशज कायस्थ जातीले आज विधिवत  पुजागरी आफ्नो अराध्य मान्ने गर्छन्। सोही अनुसार  चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात आदिको पनि पूजा गर्ने गर्छन्। कार्तिक शुक्ल द्वितीया तिथिको प्रारंभ: आइतवार, विहान ५:४५ देखि राती १० बजेर २१ मिनट सम्म रहने भएकोले सोही आधारमा चित्रगुप्त पूजा आज आइतवारका दिन मनाइएको चित्र गुप्त समाज बाराका अध्यक्ष विनोद माल्लिकले जनाएका छन्। चित्रगुप्त पूजा हिंदू कैलेंडरको अनुसार हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

धार्मिक मान्यताको अनुसार चित्रगुप्त भगवानले मनुष्य लगायत अरुजिवाहरुको कर्मको लेखा-जोखा राख्ने गर्छन त्यसकारण चित्रगुप्त पूजाको अवसरमा कलम, दवात, खाताबही लाई पूजा गर्ने विधान रहेको छ। चित्रगुप्त भगवानको कृपाले बिजनेसमा उन्नति हुन्छ र बुद्धि, वाणीको प्रभाव बढ़ने गर्दछ भन्ने मान्यता रहेको छ। दिपावली बाट चित्रगुप्त पूजाको दिन सम्म कायस्थ समाजले लेखा-जोखा नगर्ने चलन रहेको मान्यता रहिआएको थियो तर आजभोलि पुजाको दिनमात्र लेखा-जोखा नगर्ने चलन रहेको।

बारा जिल्लाको सदरमुकाम कलैया बेलपाती माईको प्रांगणमा श्री चित्रगुप्त भगवानको मन्दिर स्थापना गरि हरेक वर्ष पुजा गर्ने गरेका छन्। पुजामा सदस्यहरु सन्तोष कर्न, सुजित मल्लिक, सरोज कर्न, दिपेश लाल दास, राजेश कर्न लगायत कलैयामा रहेका कायस्थ समाजले विधिवत पुजा आज बाट सुरु गरि भोलिपल्ट विसर्जन हुने अध्यक्ष मल्लिकले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed