CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दोस्रो शपथग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न

फेटा GP PSA
281
सिम्रौन्गढ़ नपा psa

 

उमेश कुमार साह २० कार्तिक बोदे बर्साईन

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सप्तरी

 

बोदे बर्साईन । बोदे बर्साईन नगर ब्यापार समितिका बाकी रहेको नवनिर्वाचित पदाधिकारीहरुको दोस्रो शपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

Karaiya Mai Notice Winter

दोस्रो शपथ ग्रहण समारोहमा बोल्दै प्रमुख अतिथि सप्तरी उधोग वाणिज्य संघ राजबिराजका अध्यक्ष लालुप्रसाद अग्रवालले सप्तरी तथा यस क्षेत्रले राष्ट्रिय राजस्वमा पु¥याइरहेको योगदानको सापेक्षमा सरकारले जुन घनत्वका साथ यस क्षेत्रको समस्या समाधान गर्नु पर्ने हो सो हुन नसकेको बताउँदै भौतिक सुुविधा सम्पन्न बनाउने काम आजसम्म हुन नसकेको तर्फ दुःख व्यक्त गर्नुभयो । प्रमुख अतिथि अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, बैंक तथा वित्तीय संस्थाको भूमिका, उद्योग व्यापारको अवस्थालाई तत्काल राहत प्रदान गर्ने गरी राज्यका नीति नियम र प्रबद्र्धनात्मक कार्यक्रमहरु शीघ्र घोषणा हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममाका सभापति नगर अध्यक्ष अध्यक्ष देव नारायण साहले यस बोदे बर्साईन क्षेत्रको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रले बोकेको आर्थिक महत्व, सम्भावना र चुनौती बारे प्रष्ट पार्नु भएको थियो । उहाँले आफ्नो ३ वर्षे अध्यक्षीय कार्यकालमा अघि सार्ने योजना तथा नीतिहरु प्रष्ट पार्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी अग्रवालले उद्योग, व्यापार, व्यवसाय, कर, राजस्व, भंसार, स्थानीय विकास, बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित समस्याहरुको समाधानको लागि प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गभर्नर लगायतका सम्बद्ध निकायहरुसँग बसेर छलफल तथा समस्या समाधानको लागि पहल गरिने बताउनुभयो ।

उहाँले सीमाञ्चल क्षेत्रमा अवस्थित रहेका उद्योग वाणिज्य सङ्घहरुले भोग्नु परिरहेका व्यवहारिक तथा नीतिगत समस्याहरुको पहिचान गरी सोको समाधानका लागि यस सङ्घको नेतृत्वमा सिमाञ्चल क्षेत्रका उद्योग वाणिज्य सङ्घहरुको वृहत भेलाको आयोजन गरी समाधानका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुमा पहल गर्ने योजना रहेको बताउनुभयो ।
अध्यक्ष लालु प्रसाद अग्रवालले कुनैली भंसार, आईसिपी, आईसिडीको भौतिक पूर्वाधारमा सुधार, आईसिपी, आईसिडी परिसरभित्र आयातकर्ताहरुले भोग्नु परिरहेको व्यवहारिक कठिनाई, सेवाग्राहीहरुबाट यदाकदा आइरहेका विभिन्न गुनासाहरुको उचित समाधानका लागि सम्बन्धित पक्षसँग छलफल गरी निराकरणका लागि पहल गर्ने बताउँदै उद्योग,व्यापार, व्यवसायको विकासमा बैंक तथा वित्तीय संस्थाहरुको सकारात्मक भूमिका भए पनि पछिल्लो दिनहरुमा बैंकहरुको भूमिका र नेपाल राष्ट्र बैंकको नीति र एक पछि अर्को जारी भइरहेको निर्देशिकाका कारण उद्योग, व्यापार, व्यवसाय सङ्कटग्रस्त हुन पुगेकोप्रति हामी गम्भीर रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा सहभागी प्रतिनिधिले गुणस्तर उत्पादनलाई बजारीकरण गर्नलाई गर्नुपर्ने चुनौतीको अवस्थामा बैंकको नीतिले निजीक्षेत्र प्रताडित भएको अवस्था रहेकोमा जोड दिएका थिए । कार्यक्रममा बाकी रहेको नवनिर्वाचित पदाधिकारी सदस्य मिथलेश कुमार यादव तथा आजिवन सदस्य जमाहर साहलाई संयुक्त रुपमा अध्यक्ष देव नारायण साहले प्रमाणपत्र वितरण गर्नुका साथै शपथग्रहण गराउनुु भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश