विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाजवादी प्रेस संगठन पर्साकाे दाेस्राे बैठक सम्पन्न

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता    ५  मंसिर वीरगंज

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

समाजवादी प्रेस संगठन नेपाल पर्साकाे दाेस्राे बैठक बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनका सदस्य स्व. नरेश सर्राफकाे दाेस्राे स्मृति सभा गर्ने निर्णय गरेकाे छ ।

Karaiya Mai Notice Winter

बैठकले स्व. सर्राफकाे निधन भएकै दिन मंसिर १५ गते वीरगंजमा दाेस्राे स्मृति सभा गर्ने निर्णय गरेकाे संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्माले जानकारी दिए ।

साेही सभामा संगठनले यस अघि नै स्थापना गरेकाे स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कार समेत वितरण गर्ने निर्णय गरेकाे उनले वताए । यस बर्ष देखि वितरण गरिने पुरस्कारकाे राशी रु २१ हजार रहेकाे छ ।

साथै बैठकले पत्रकारिता पुरस्कार वितरणकाे लागि व्यक्ति छनाैट गर्न तीन सदस्यीय समिति समेत गठन गरेकाे छ । जुन समितिकाे सदस्यमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, सल्लाहकार संजय साह र संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन रहेका छन् ।

 

वीरगंजस्थित नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य रामचन्द्र साह, बालगाेपाल थापा, मनाेज चाैधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनाेज पटेल लगायतकाे बिशेष उपस्थिती रहेकाे थियाे भने बैठककाे सहजिकरण संगठन पर्साका सचिव विनाेद पटेलले गरेका थिए ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.