विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कायस्थ पत्रकार समाजकाे प्रारम्भिक राष्ट्रिय सम्मेलन, अध्यक्षमा प्रविण चौधरी

सिम्रौन्गढ़ नपा psa

काठमाडाैं ।

गवान ब्रह्माले शृष्टिको निर्माण गर्ने बेला सम्पुर्ण प्राणीको कर्मको लेखाजोखा राख्न एक हजार वर्ष तपस्या गरि एउटा गुप्त अर्थात नबोल्ने मानव शरीर उत्पन्न गरि आफ्नो काया लागाएर गुप्त शरीर लाई पुर्णता प्रदान गरि भगवान चित्रगुप्तको उत्पन्न गरेका थिए। सोही कायाको अनुसार कायस्थ जाती भनिएको मान्यता रहेको छ। भगवान चित्रगुप्तको बारह सन्तान रहेको र सोही अनुसार कायस्थ जातिको बारह (कुरी) रहेको मान्यता रहेको छ। सोही अनुसार हाम्रो कर्म भनेको लेखापढी नै रहेको अनुसार कायस्थ जातिका पत्रकारले आफ्नो अराध्य देव भगवान चित्रगुप्त लाई नै हरेक वर्ष भाई दुजको दिन चित्रगुप्त पुजा पनि गर्ने चलन रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सोही कुराले उत्प्रेरित हुँदै कायस्थ पत्रकार समाजकाे प्रारम्भिक राष्ट्रिय सम्मेलन शनिबार काठमाडाैंमा सम्पन्न भएकाे छ । सम्मेलनले प्रबिण चाैधरी कायस्तकाे नेतृत्वमा ११ सदस्यीय केन्द्रिय समिति समेत गठन गरेकाे छ । यसैगरी उपाध्यक्षमा जितेन्द्र श्रीवास्तव, महासचिवमा शिल्पा कर्ण, सचिवमा अशाेक श्रीवास्तव, काेषाध्यक्ष मा सुस्मिता लाल सदस्यहरूमा संताेष कुमार लाल कर्ण, राजभुषण श्रीवास्तव, अनिल वर्मा, सरिता कुमारी श्रीवास्तव, संताेष कर्ण लगायतकाे चयन गरिएकाे छ ।

यसैगरी सम्मेलनले विधान समिति समेत बनाएकाे छ । समितिकाे संयाेजकमा अनिल कुमार कर्ण रहनु भएकाे छ भने सदस्यहरूमा नन्द भूषण श्रीवास्तव तथा करूणाकर मल्लिक रहनु भएकाे छ । सम्मेलन मा भारत बाट वरिष्ठ पत्रकार अजित कुमार सिन्हा ले कायस्थ उत्पति तथा एकता बारे धारणा राख्नु भएकाे थियाे । सम्मेलनकाे सफलताकाे कामना गर्दै प्रमुख अतिथि दिव्य शताब्दी पूरूष डा. गाैरीशंकर लाल दास जयूले समाज मात्र कायस्थ नभई आम जन समुदायकाे पक्षमा काम गनर्ु पर्ने मा जाेड दिनुभयाे ।

कार्यक्रममा सर्वाेच्च अदालतका पूर्व न्यायाधिस मा. गिरिशचन्द्र लाल, उच्च न्यायालयका पूर्व न्यायाधिस तथा नेपाल कायस्थ महासंघका अध्यक्ष मा. लाेकेन्द्र मल्लिक, पूर्व सांसद बृषेश चन्द्र लाल, अखिल भारतिय कायस्थ महासंघका उपाध्यक्ष अनिल कर्ण कायस्थ, मिसन टु कराेड चित्रांश अन्तर्राष्ट्रिय काे भारतका अध्यक्ष राजेन्द्र कर्ण लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा विगत २५ बर्ष भन्दा बढी पत्रकारिताकाे माध्यम बाट देशकाे लाेकतन्त्रान्त्रिक समाजका निर्माणका लागि खेलेकाे भूकिका तथा याेगदान काे कदर गर्दै ४ जना कायस्थ पत्रकार सम्मानित गरिएकाे थियाे। सम्मानित हुनु हुनेमा उमेश लाल दास , वारा, राजेश कुमार कर्ण, अनिल कुमार कर्ण र जितेन्द्र श्रीवास्तव रहनु भएकाे छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.