CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाबु छोराको जीपकाे ठक्करबाट मृत्यु

फेटा GP PSA
1,120
सिम्रौन्गढ़ नपा psa

सर्लाही ।।  मलङ्गवा -नवलपुर सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका–वडा न. ४, हरैयामा शनिबार साँझ जीपकाे ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। सडक छेउमा भैंसी चराइरहेका बेला नवलपुरबाट अाउदै र मलङ्गवातर्फ जाँदै गरेको बा १९ च २५८८ नम्बरको स्कारपियोले अनियन्त्रित भइ ४० वर्षीय जयसी राय र उनका छोरा १० वर्षीय लक्ष्मण रायलाई ठक्कर दिएकाे थियाे। दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते जयसीलाई उपचारका लागि हरिवनतर्फ ल्याउँदैगर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Karaiya Mai Notice Winter

तीव्रगतिमा रहेकाे जीप बाउछाेरालाई ठक्कर दिएपछि अनियन्त्रित भई सडकबाट ८० फिट पर पुगेर पल्टिएकाे प्रहरीले जनाएकाे छ। जिपले बाबुछाेरालाई ठक्कर पश्चात सडकबाट ४२ फिट परसम्म घिसारेर लगेकाे थियाे। दुर्घटनामा परेकाे जीप क्षतविक्षत बनेकाे तथा चालकलाई भने नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ। अहिले स्थानीयले बाबुछाेराकै शव राजमार्गमै राखेर चक्काजाम गरिरहेका छन्

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश