
कलैया, बारा।
पन्च वर्षीय गढीमाईको मेलामा देवताल गाउँपालिकाले तुल्नात्मरुपमा सबै भन्दा बढि दर्शनार्थीहरुलाई सहयोग गरेका छन्। नि:शुल्क स्वास्थ्य शिविर तथा खाना एवं चिया नास्ताको पनि व्यवस्था समेत ग्रहण गराएर सेवा दिने कार्य गरिरहेका छन्। पालिकाका कार्यालय प्रमुख नविन श्रीवास्तवका अनुसार यात्रुलाई कुनै किसिमको कठिनाइको सामना गर्नुनपरोस भन्ने उद्देश्यले सबै सुबिधा सम्पन्न सेवा प्रदान गरिरहेको जनाएका छन्।




गापा अध्यक्ष उदय यादवका अनुसार हाम्रो जिल्लामा आउने दर्शनार्थी लाई कठिनाइको सामना गर्नु पर्यो भन्ने हाम्रो जिल्लाको जग हसाई हुने भएकोले हाम्रो पनि उत्तरदायित्व रहेको उदेश्य हामी सेवामा लागेको यादवले बताएका छन्। मेलामा हरेक पार्टी, संघ संस्था, तथा समाजसेवीहरुले नि:शुल्क सेवा दिने गरेका छन्। मेलामा कोहि हरायो भने त्यस्कालागी माइकिंगको समेत व्यवस्था रहेको श्रीवास्तवले बताए।
मेलामा श्रद्धालु भक्तजनको सहुलियतका लागि नि:शुल्क शिविर सञ्चालन गरिएको गापा अध्यक्ष यादवले बताए। विभिन्न देश बाट आउने यात्रुहरुका सहायताका लागि हामी बाराबासिको परम कर्तव्य रहेकोले सहायता गर्ने उद्देश्यका साथ अग्रसर भएर हामी युवाहरु अगाडि बढी शिविर सञ्चालन गरेको यादवले बताएका हुन।






Comments are closed, but trackbacks and pingbacks are open.