विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

क्यान महासंघको सदस्यता वितरण र वेबपोर्टल शुभारम्भ

सिम्रौन्गढ़ नपा psa

मोरङ्ग / क्यान महासंघ मोरङले आज विराटनगरस्थित ओएसिस क्याफेमा सदस्यता प्रमाणपत्र वितरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विशेष अतिथिका रूपमा बालबालिका आयाम गौतम र निहारिका यादव सहभागी भएका थिए।

कार्यक्रमको उद्घाटन सानी नानी निहारिका यादवले गमलामा रोपिएको फूलमा पानी हालेर गरेकी थिइन्। संस्थाका कोषाध्यक्ष सुजित झाले बालबालिकालाई प्रविधिको सदुपयोग र नेतृत्व विकासमा जोड दिनुपर्ने बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मोरङ बार एसोसिएसनका उपाध्यक्ष नवराज दाहालको निर्वाचन अधिकृतमा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा सदस्य संस्थाहरूलाई सदस्यता नम्बर कार्ड समेत वितरण गरियो।

संस्थाका अध्यक्ष सुमितकुमार साहले आगामी दिनमा बि.टु.बि., क्यान इन्फोटेक र छात्रवृत्ति कोष सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। यसैबीच, कार्यक्रममा संस्थाको आधिकारिक वेबपोर्टल www.canmorang.org.np को पनि शुभारम्भ गरिएको छ।

कार्यक्रममा कम्प्युटर व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। क्यान महासंघ मोरङले प्रविधि र वातावरण संरक्षणलाई जोड दिँदै आएको संस्थाका सचिव अजित चापागाईंले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.